आठ रंगशाला

कतार विश्वकप हुने आठ रंगशाला

लुसेल आइकोलिन रंगशाला

दर्शक क्षमता: ८० हजार

कतारको सबैभन्दा ठूलो रंगशालाले डिसेम्बर १८ मा हुने फाइनल खेलको आतिथ्यता गर्नेछ । प्रतियोगिताको पहिलो फाइनल पनि यहीं हुनेछ । रंगशालामा लुसेलमा बनेको छ । यो त्यस्तो दुई जनसंख्याको प्रस्तावित सहर हो, जसलाई योजनाबद्ध ढंगले मध्य दोहाबाट १५ किलोमिटर टाढा बनाइएको छ । विश्वकपपछि यसलाई ‘कम्युनिटी हब’ मा परिणत गरिनेछ । यस रंगशालामा रहेका कुर्सीलाई अन्यत्र सारिने छ वा कसैलाई सहयोगस्वरुप दिइनेछ ।

 

अल-बायात रंगशाला

 
दर्शक क्षमता: ६० हजार

यसपालि विश्वकपको पहिलो खेल कतार र इक्वेडरबीच नोभेम्बर २० मा हुनेछ । यो खेल यहीं अल–बयात रंगशालामा हुनेछ । स्पेन र जर्मनीबीचको बहुप्रतीक्षित समूह चरणको खेल र दोस्रो सेमिफाइनल पनि यसै रंगशालामा हुनेछ । यसको निर्माण ‘बेडोइन टेन्ट’ को आकारमा गरिएको छ । प्रतियोगिताका बेला यसको माथिल्लो भाग हटाउने योजना पनि रहेको छ । यो रंगशाला कतारको उत्तर–पूर्व तटीय क्षेत्रमा पर्दछ । दोहाबाट यो ३५ किलोमिटर टाढा छ । यहा“ पुग्न मेट्रो प्रयोग गर्नुपर्छ । त्यसैले समर्थकका लागि यहा“ पुग्न गाह्रो हुनसक्छ ।

एडुकेसनल सिटी रंगशाला

दर्शक क्षमता: ४० हजार 

अल-रयान विश्वविद्यालयमा अवस्थित यो रंगशाला दोहाको पश्चिममा पर्छ । यहाँ जान पनि मेट्रोको प्रयोग गर्नुपर्ने हुन्छ । यहाँ एउटा क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगिताको समाप्तिमा यसको दर्शक क्षमता आधाले घटाइने छ । यसका कुर्सी विकासशील देशलाई सहयोगका रूपमा प्रदान गरिने योजना छ ।


अहमद विन अली रंगशाला


दर्शक क्षमता: ४० हजार

कतारी फुटबल इतिहासको सबैभन्दा सफल क्लब हो अल-रयान । यसकै घरेलु मैदान हो यो रंगशाला । विश्वकपकै लागि भनेर यसै स्थानमा रहेको पुरानो रंगशाला भत्काएर नयाँ बनाइएको हो । नाम पुरानै राखिएको छ । यहाँ पुग्न पनि मेट्रो आवश्यक हुनेछ । यो रंगशाला यस्तो स्थानमा छ, जहाँबाट सहर अन्त्य हुन्छ र मरुभूमि सुरु हुनेछ । यसको दर्शक क्षमता प्रतियोगिताको समाप्तिमा आधा घटाइने छ ।

 

खलिफा अन्तर्राष्ट्रिय रंगशाला

दर्शक क्षमता: ४० हजार

यसको निर्माण सन् १९८६ मा गरिएको थियो । यो नै एकमात्र यस्तो रंगशाला हो, जुन कतारले विश्वकप आयोजनाको अधिकार पाउनु अगाडि नै अस्तित्वमा थियो । तर त्यसपछि यसमा धेरै सुधार भने गरिएको छ । सन् २०११ को एसिया कप फाइनल यहीं भएको थियो । सन् २०१९ मा लिभरपुल र फ्लेमिङ्गोबीचको क्लब वल्र्डकप फाइनल पनि यसै रंगशालामा भएको थियो । इड्ल्यान्ड र इरानबीचको खेल पनि यहीं हुनेछ ।

अल-थुमामा रंगशाला


दर्शक क्षमता: ४० हजार

यो रंगशाला मध्य दोहाबाट दक्षिणमा पर्छ । त्यसैले यो हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिक छ । यस रंगशालामा एक क्वाटरफाइनल खेल आयोजना गरिनेछ । विश्वकपपछि यसको दर्शक क्षमता पनि आधा घटाइने छ । २० हजारमात्र कायम गरिनेछ । मध्यपूर्वमा पुरुषले लगाउने एक पारम्परिक टोपी ‘गफिया’ को आकारमा यो रंगशाला बनाइएको छ ।

स्टेडियम ९७४


दर्शक क्षमता: ४० हजार

यो रंगशालाको निर्माण सिपिङ कन्टेनरको प्रयोग गरेर बनाइएको थियो । विश्वकपछि यसलाई पूर्ण रूपमा विस्थापित गरिनेछ । कतारको डाइलिङ कोड नम्बर हो ९७४ । यसकै प्रतीकका रूपमा यस रंगशालाको नाम जुराइएको हो । निर्माणका क्रममा यसमा ९ सय ७४ नै कन्टेनरको प्रयोग गरिएको छ ।

अल–जनोब रंगशाला


दर्शक क्षमता: ४० हजार
दोहाबाट दक्षिणी भागमा पर्छ यो रंगशाला । अल-वाक्राह सहरमा अवस्थित यस रंगशाला त्यस्तो डुंगाको आकारमा रहेको छ, जसको प्रयोग परम्परागत माछा मार्ने काममा प्रयोग हुन्थ्यो ।