पुस ६, २०८२ सोमबार | १९:५४:५९
तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित एनभिए लिगमा २० टिम, विवादपछि गण्डकीले नखेल्ने म्यानचेस्टर युनाइटेडका कप्तान फर्नान्डेज घाइते अफ्रिका कप अफ नेशन्समा मोरक्कोको विजयी सुरुआत रोजर्सको दुई गोलमा युनाइटेडमाथि भिल्लाको जित १० खेलाडीमा सीमित भियारियालमाथि शीर्ष टोली बार्सिलोनाको जित अपराजित बायर्नमा केनको प्रभाव कायम इटालियन सिरी ‘ए’मा फियोरेन्टिनाको पहिलो जित राष्ट्रिय बास्केटबल लिगको लागि छनोट प्रतियोगिता हुँदै
शनिबारको दिन इतिहासमा विश्वकप

टेलिभिजनमा देखाइएको पहिलो विश्वकप र पेलेको उदय

१९५८, स्विडेन (छैटौं विश्वकप) जुन ८ देखि २९ सम्मसहभागी टोली– १६खेल संख्या– ३५गोल संख्या– १ सय २६ (प्रतिखेल ३.६ गोलऔसत)दर्शक– ९ लाख ५ हजार ८ सय ३० (प्रतिखेल २५ हजार ८ सय ८०)विजेता– ब्राजिलउपविजेता– स्विडेनतेस्रो स्थान– फ्रान्सचौथो स्थान– जर्मनीगोल्डेन जुत्ता– जस्ट फोन्टेन (फ्रान्स)उत्कृष्ट युवा खेलाडी– पेले (ब्राजिल)

स्विडेनको लामो दिनको घाममा ब्राजिल १९५८ को विश्वकप विजेता बनेको थियो, जहाँ १७ वर्षे पेलेले विश्व फुटबलमा आफ्नो आगमनको उद्घोष गरे ।

नयाँ पत्ता लगाइएको रणनीतिक संरचना तथा दुई प्रतिभावान स्ट्राइकर पेले र गारिन्चा समावेश ब्राजिल रासुन्दा रंगशालामा स्विडेनलाई फाइनलमा ५-२ ले पराजित गरी अर्को महादेशमा गएर उपाधि जित्ने पहिलो टोली बन्यो ।

प्रतिभाशाली खेलाडीहरू ब्राजिलको टोलीमा मात्र थिएनन्, फ्रान्ससँग जस्ट फोन्टेन जस्तो नाम थियो । उनले १३ गोल गर्दै एकै प्रतियोगितामा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए, जुन अहिलेसम्म कायमै छ । तर पनि फोन्टेनको टोली फ्रान्स तेस्रो स्थानमै सीमित भयो । पहिलो रोजाइका रेने ब्लियर्ड घाइते भएपछि मात्र फोन्टेनले खेल्न पाएका थिए ।

भिन्सेन्ट फेओलाको प्रशिक्षणमा ब्राजिललाई चुनौती दिने कुनै टोली देखिएनन् । तीन महिनाको कडा तयारीपछि निर्धारित समयभन्दा अगाडि नै ब्राजिली टोली स्विडेन पुगको थियो, जसमा एक मनोवैज्ञानिक पनि थिए ।

४-२-४ को रणनीतिमा खेलेको ब्राजिलले सोभियत युनियनसँगको समूह चरणको खेलअगाडि मात्र पेले र गारिन्चालाई मैदानमा ओरालेको थियो ।

पेले र भाभा फरवार्डमा तथा गारिन्चा विङ्समा खेल्दै सोभियत युनियनमाथि २-० को विजय दिलाई ब्राजिललाई समूहमा पहिलो बनाएका थिए । त्यसपछिको वेल्सविरुद्धको क्वार्टरफाइनलमा पेलेले विश्वकपमा आफ्नो पहिलो गोल गरे ।

इटालीमा व्यावसायिक फुटबल खेलिरहेका खेलाडीहरू फर्किएपछि आयोजक स्विडेनको मनोबल उच्च थियो । व्यावसायिक मुख्य खेलाडीमा गुनार गेन र निल्स लिइडहोल्म थिए, जो १९४८ को ओलम्पिक जित्दा टोलीका प्रमुख खेलाडी थिए ।

त्यसबाहेक टोलीसँग गोल गर्ने विङ्गर कुर्ट हाम्रिन थिए । इटालीमा खेलिरहेका बेन्जट गुस्ताभसन तीन दिनअगाडि स्विडिस टोलीमा समावेश भएका थिए । तर ब्राजिलको तुलनामा उनीहरूको तयारी केही थिएन ।

सामूहिक भावना भए पनि इङ्लिस प्रशिक्षक जर्ज रायनरको प्रशिक्षणमा रहेको स्विडिस टोलीबाट खासै केही आशा गरिएको थिएन । त्यसैले सोभियत युनियनसँगको क्वार्टरफाइनल खेलअगाडि नै केही स्विडिस खेलाडीले गुन्टा कसिसकेका थिए ।

सोभियत युनियनलाई पाखा लगाएपछि स्विडेनले गोथेनबर्गमा भएको सेमिफाइनलमा पश्चिम जर्मनीलाई ३-१ ले पराजित गर्यो । जर्मन टोलीमा उवे राहन र उवे सिलर थिए । १९५४ को विश्वकपको फाइनलमा दुई गोल गरेका राहनले प्रतियोगितामा ६ गोल गरिसकेका थिए भने सिलरले विश्वकपमा लगातार २१ खेल खेल्ने कीर्तिमान बनाए ।

स्विडिस ‘चियरलिडर्स’ मैदानको लाइनमै राखेर चिच्याउने दृश्यमा राहन र सिलरले असुन्तष्टी जनाउँदै यसअघि कहिल्यै यस्तो नभएको बताएका थिए ।

फिफा विश्वकप पहिलो पटक अन्तर्राष्ट्रिय टेलिभिजनबाट देखाइएको थियो । तर प्रविधि नमिल्दा पूर्वयुरोपमा यो प्रसारण हुन सकेन । सोभियत युनियनलाई यसले दुःखी बनायो ।

सोभियत युनियनसहित वेल्स र उत्तरी आयरल्यान्ड पहिलो पटक विश्वकप खेलिरहेका थिए । इटालीलाई उछिन्दै उत्तरी आयरल्यान्ड प्रतियोगिताका लागि छानिएको थियो । इङ्ल्यान्ड र स्कटल्यान्ड पनि सहभागी रहेकाले सबै ब्रिटिस टोली विश्वकपमा खेलेका थिए, जुन अहिलेसम्मकै एकमात्र अवसर हो ।

फेब्रुअरीमा म्युनिखको प्लेन दुर्घटनामा म्यानचेस्टर युनाइटेडका खेलाडीहरूको निधन भएकाले इङ्ल्यान्डले कुनै ठूलो आशा गरेको थिएन । तर टोलीले ब्राजिललाई गोलरहित बराबरीमा रोकेको थियो, जुन विश्वकप इतिहासको पहिलो गोलरहित बराबरी खेल थियो । त्यसपछि इङ्ल्यान्ड क्वार्टरफाइनलमा प्रवेश पाउन भएको प्लेअफमा सोभियत युनियनसँग पराजित भयो ।

वेल्स र उत्तरी आयरल्यान्डले पहिलो चरणको प्लेअफमा क्रमसः हंगेरी र चेकोस्लोभाकियालाई पराजित गरे । विश्वकपमै छानिनु वेल्सको भाग्य थियो । आफूसँग प्रतिस्पर्धा गर्ने टोली राजनीतिक कारण नआएकाले कुनै खेल नखेली पनि समूहको दोस्रो उत्कृष्ट टोलीका रूपमा कमजोर इजरायललाई वेल्सले प्रतिद्वन्द्वीका रूपमा पाएको थियो । योहान चाल्र्सको अनुपस्थितिमा वेल्सले अग्रता लिए पनि ब्राजिलले पेलेको ‘डिफलेक्ट’ गोलमा अग्रता लिएको थियो ।

फ्रेन्स पुस्कास र सान्दोर कोकसिस जस्ता खेलाडीबिनाको हंगेरीलाई पराजित गरेको उत्तरी आयरल्यान्ड क्वार्टरफाइनलमा फ्रान्ससँग पराजित भयो । फोन्टेनका लागि रेमन्ड कोपाले रचनात्मक भूमिका खेले । कोपा रियाल मड्रिडलाई युरोपियन च्याम्पियन बनाउँदै आफू युरोप वर्षका उत्कृष्ट खेलाडी बनी विश्वकप खेल्न पुगेका थिए । ब्राजिलभन्दा खुलेर खेलेको फ्रान्सले प्रतियोगितामा सबैभन्दा बढी २३ गोल गरेको थियो ।

फ्रान्स र ब्राजिलबीचको सेमिफाइनल प्रतियोगिताकै उत्कृष्ट खेल थियो । भाभाले दिलाएको अग्रतालाई फोन्टेनले बराबरी गरे पनि डिडीको गोलमा ब्राजिलले पहिलो हाफमा अग्रता लिएको थियो । मध्यान्तरपछि पेलेले ह्याट्रिक गर्दा ब्राजिलले खेल ५-२ ले जित्यो । बब जोनकुइट घाइते भएपछि फ्रान्स १० खेलाडीमा सीमित भएको थियो ।

घरेलु टोलीको पहेलो जर्सीसँग जुधेपछि नीलो जर्सी लगाएर खेलेको ब्राजिलले फाइनलमा पनि पाँच गोल गर्यो ।

लइडहोल्मले स्विडेनलाई सुरुमै दिलाएको अग्रताको पीडालाई ब्राजिलले तुरुन्तै मेटाएको थियो । भाभा र पेलेले दुई/दुई तथा मारियो जागालोले एक गोल गरे । जागालोले पछि प्रशिक्षकको रूपमा पनि विश्वकपको ट्रफी उचाले ।

ब्राजिलका लागि पेलेले गरेको तेस्रो गोल विशेष थियो । पेलेले एक रक्षकको माथिबाट बल खसाई भलीमा स्विडेनका गोलरक्षक कार्ल स्भेनसनलाई जिल्याएका थिए । मैदान बाहिर देखाएको मैत्रीपूर्ण व्यवहारले घरेलु दर्शकको मन जितेको ब्राजिलले उपाधि हात पारेपछि स्विडेनको झन्डा पनि बोकेर मैदान परिक्रमा गरेको थियो ।

ब्राजिली टोलीलाई राजा गुस्ताभ पाँचौंले बधाई दिएका थिए । विजयपछि पेले भक्कानिए, जसलाई सबैले फुटबलको राजाका रुपमा स्वीकारिसकेका थिए ।