माघ १६, २०८२ शुक्रबार | ०२:५५:१९
मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि मिलनको ह्याट्रिकमा चर्च ब्वाइजको फराकिलो जित, नव जनजागृति फेरि पराजित दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि दोश्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि

डेनमार्कको ‘सबैका लागि मानव अधिकार’ लेखिएको जर्सी फिफाद्धारा अस्वीकृत

काठमाडौं । डेनिस फुटबल संघ (डिबियु)ले कतार विश्वकपलाई लक्षित गर्दै ‘सबैका लागि मानव अधिकार’ लेखिएको अभ्यास जर्सी प्रयोग गर्न फिफाले स्वीकृति प्रदान नगरेकोमा दुःख व्यक्त गरेको छ ।

डेनमार्कले गत सेप्टेम्बरमा विश्वकपका लागि हुमेल्सका खेल सामाग्री सार्वजनिक गर्ने क्रममा तेसे रोजाईको कालो जर्सी पनि समावेश गरेको थियो । जसलाई कतारमा रहेको मानव अधिकारको कमजोर अवस्थाको विरोधका लागि प्रयोग गर्ने डिबियुको योजना थियो ।

कतारले विश्वकपका लागि पूर्वाधार निर्माणमा लगाइएका विदेशी कामदारलाई गरेको व्यवहार गलत भएको भन्दै मध्यपूर्वको देशको चर्को आलोचना गर्नेमा डेनमार्क सबभन्दा अगाडि थियो । त्यसैको निरन्तरता स्वरुप टोलीले आफ्नो अभ्यास जर्सीमा ‘सबैका लागि मानव अधिकार’ लेख्न चाहेको थियो ।

तर, फिफाले त्यो अभ्यास जर्सी प्रयोगका लागि बन्देज लगाउँदै बिहीबार पत्राचार गरेको डिबियुका कार्यकारी प्रमूख ज्याकोब जेन्सनले बताए ।

‘हामीलाई आज मात्र फिफाले सबैका लागि मानव अधिकार अंकित अभ्यास जर्सी प्रयोगमा बन्देज लगाएको सन्देश पठाएको छ । फिफाले प्राविधिक कारणले भन्दै हामीलाई त्यो जर्सी प्रयोगमा नदिनु खेदजनक छ,’ उनलाई उधृत गर्दै युरोपेली सञ्चार माध्यमहरुले जनाएका छन्, ‘मेरो विचारमा सबैका लागि मावन अधिकार भन्ने सन्देश पूरा विश्वका लागि हो । यो राजनीतिक नारा होइन । यसलाई त सबैले साथ र समर्थन गर्नुपर्ने हो ।’

फिफाको खेल सामाग्री सम्बन्धि नियमअनुसार राजनीतिक, धार्मीक वा व्यक्तिगत स्लोगान वा तस्बिर प्रयोग गर्न पाइन्न । कतारले विदेशी कामदारको श्रम अधिकार हनन गरेको भन्दै विश्वव्यापी रुपमा चर्को विरोध भइरहेका बेला फिफाले केही दिनअघि विश्वकपमा सहभागिता जनाउन लागेका सबै ३२ टिमलाई ‘राजनीति भन्दा फुटबलमा ध्यान दिन’ आह्वान गरेको थियो ।

डेनमार्क कतार विश्वकपको समूह ‘डी’मा अस्ट्रेलिया, फ्रान्स र ट्युनिसियासँगै परेको छ । डेनमार्ककै समूहमा रहेको अस्ट्रेलियाका खेलाडीले केही दिनअघि एलजिबिटिक्यु समुदाय र विदेशी कामदारमाथि गलत व्यवहार गरेको भन्दै कतारको आलोचनामा एउटा भिडियो बनाएर सार्वजनिक गरेका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।