चैत्र १४, २०८२ शनिबार | १९:१७:४६
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

डेनमार्कको ‘सबैका लागि मानव अधिकार’ लेखिएको जर्सी फिफाद्धारा अस्वीकृत

काठमाडौं । डेनिस फुटबल संघ (डिबियु)ले कतार विश्वकपलाई लक्षित गर्दै ‘सबैका लागि मानव अधिकार’ लेखिएको अभ्यास जर्सी प्रयोग गर्न फिफाले स्वीकृति प्रदान नगरेकोमा दुःख व्यक्त गरेको छ ।

डेनमार्कले गत सेप्टेम्बरमा विश्वकपका लागि हुमेल्सका खेल सामाग्री सार्वजनिक गर्ने क्रममा तेसे रोजाईको कालो जर्सी पनि समावेश गरेको थियो । जसलाई कतारमा रहेको मानव अधिकारको कमजोर अवस्थाको विरोधका लागि प्रयोग गर्ने डिबियुको योजना थियो ।

कतारले विश्वकपका लागि पूर्वाधार निर्माणमा लगाइएका विदेशी कामदारलाई गरेको व्यवहार गलत भएको भन्दै मध्यपूर्वको देशको चर्को आलोचना गर्नेमा डेनमार्क सबभन्दा अगाडि थियो । त्यसैको निरन्तरता स्वरुप टोलीले आफ्नो अभ्यास जर्सीमा ‘सबैका लागि मानव अधिकार’ लेख्न चाहेको थियो ।

तर, फिफाले त्यो अभ्यास जर्सी प्रयोगका लागि बन्देज लगाउँदै बिहीबार पत्राचार गरेको डिबियुका कार्यकारी प्रमूख ज्याकोब जेन्सनले बताए ।

‘हामीलाई आज मात्र फिफाले सबैका लागि मानव अधिकार अंकित अभ्यास जर्सी प्रयोगमा बन्देज लगाएको सन्देश पठाएको छ । फिफाले प्राविधिक कारणले भन्दै हामीलाई त्यो जर्सी प्रयोगमा नदिनु खेदजनक छ,’ उनलाई उधृत गर्दै युरोपेली सञ्चार माध्यमहरुले जनाएका छन्, ‘मेरो विचारमा सबैका लागि मावन अधिकार भन्ने सन्देश पूरा विश्वका लागि हो । यो राजनीतिक नारा होइन । यसलाई त सबैले साथ र समर्थन गर्नुपर्ने हो ।’

फिफाको खेल सामाग्री सम्बन्धि नियमअनुसार राजनीतिक, धार्मीक वा व्यक्तिगत स्लोगान वा तस्बिर प्रयोग गर्न पाइन्न । कतारले विदेशी कामदारको श्रम अधिकार हनन गरेको भन्दै विश्वव्यापी रुपमा चर्को विरोध भइरहेका बेला फिफाले केही दिनअघि विश्वकपमा सहभागिता जनाउन लागेका सबै ३२ टिमलाई ‘राजनीति भन्दा फुटबलमा ध्यान दिन’ आह्वान गरेको थियो ।

डेनमार्क कतार विश्वकपको समूह ‘डी’मा अस्ट्रेलिया, फ्रान्स र ट्युनिसियासँगै परेको छ । डेनमार्ककै समूहमा रहेको अस्ट्रेलियाका खेलाडीले केही दिनअघि एलजिबिटिक्यु समुदाय र विदेशी कामदारमाथि गलत व्यवहार गरेको भन्दै कतारको आलोचनामा एउटा भिडियो बनाएर सार्वजनिक गरेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो