पारा तेक्वान्दो

रामले अस्ट्रेलियामा ३ तेक्वान्दो प्रतियोगिता खेल्ने

काठमाडौं ।  राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रामबहादुर अधिकारीले अस्ट्रेलियामा हुने ३ अन्तर्राष्ट्रिय पारा तेक्वान्दो प्रतियोगितामा सहभागी हुन सोमबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

रामले जुलाई ७ मा डब्लुटी प्रेसिडेन्ट कप, जुलाई ८ मा ओसिएना ओपन तेक्वान्दो च्याम्पियनसिप र जुलाई ९ मा अस्ट्रेलियन ओपन पारा तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाउने पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले जानकारी दिए  ।

रामले के.४४ क्याटगोरी अन्तर्गत ६३ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । रामलाई प्रशिक्षक लामा लगायतले सोमबार बिदाइ गरे ।