नेपाल सुटिङ संघ

सुटिङ संघको अध्यक्षमा श्रेष्ठकै निरन्तरता

काठमाडौं । नेपाल सुटिङ संघको अध्यक्षमा पुष्पदास श्रेष्ठले नै निरन्तरा पाएका छन् ।

संघको चुनावी साधारण सभाले अध्यक्षमा श्रेष्ठसहित १४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन हो ।

वरिष्ठ उपाध्यक्षमा जितबहादुर लामा (घिसिङ), उपाध्यक्षमा ध्रुवबहादुर रायमाझी, भगवती खत्री, नरेन्द्र थापा र निरन्जनकुमार रेग्मी, महासचिवमा प्रदीप खाती, सचिवमा रुपक तामाङ र कोषाध्यक्षमा सतिश श्रेष्ठ चुनिए ।

अन्जु दवाडी, शशिकला मानन्धर, झुमा निरौला गौतम, निर्मला थापा र बदरुद्दिन अन्सारी सदस्यमा चयन भए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले उपेन्द्रकेशरी न्यौपाने, राजु दर्शन र ज्ञानेन्द्र श्रेष्ठलाई उपाध्यक्षमा मनोनयन गरेका छन् ।