अखिल नेपाल टेबल टेनिस संघ

राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताबाट ४ लाख संकलन

सांकेतिक तस्बिर

काठमाडौं । टेबल टेनिस खेलाडी सेलिशा खड्गीको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग संकलन गर्न आयोजित राष्ट्रिय खुला टेबल टेनिस प्रतियोगिताबाट ४ लाख रुपैयाँ संकलन भएको छ ।

प्रतियोगिता आयोजक अखिल नेपाल टेबल टेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले हालसम्म ४ लाख रुपैयाँ संकलन भएको जनाएका हुन् ।

क्यान्सर पिडित सेलिशाको उपचारका लागि सहयोग जुटाउन टेबल टेनिस प्रशिक्षक सन्ध्या शाक्यको संयोजकत्वमा आर्थिक सहयोग संकलन समिति गठन गरिएको थियो ।

विभिन्न ७ स्पर्धा समावेश प्रतियोगिता असार १४ देखि १६ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा भएको थियो ।