असार १२, २०८२ बिहीबार | १३:१६:२५
स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार स्टेफानो पियोलीले छाडे अल नासर मोन्टेरेको सानदार जित इन्टर मिलान अन्तिम १६ मा डर्टमन्ड समूह विजेता अन्तर्राष्ट्रिय हाप्किडोमा नेपाललाई तीन पदक आर्सनल छाड्दै थोमस पार्टी ट्वान्टी-२० वरियतामा सन्दीप र ललितको छलाङ दीपेन्द्रले छाडे प्रहरीको जागिर लुम्बिनी लायन्सले रिटेन गरेका थप पाँच खेलाडी सार्वजनिक कुशल भुर्तेलको ब्याटिङ वरियतामा सुधार

नेपाललाई स्वर्ण

काठमाडौं  । नेपालले दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिताको यु-१९ ब्वाइज टिम इभेन्टमा शुक्रबार स्वर्ण जितेको छ ।

नेपालसहित श्रीलंका, बंगलादेश, पाकिस्तान र माल्दिभ्स सहभागी स्पर्धामा नेपालले सात अंक जोड्यो । नेपालबाट प्रवेश बस्नेत, गनञ्जय दाहाल, हिमाल विष्ट र रुविन महर्जनले प्रतिस्पर्धा गरेका थिए । बंगलादेश र पाकिस्तान तेश्रो भए ।

अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको यु-१९ गर्ल्स टिम इभेन्टमा भने नेपाल दोश्रो भयो । नेपालले सात अंक जोड्यो ।

नेपाली टोलीमा इभाना थापा, वियंका राई, योङ्गी पौडेल र दिया देउलाले खेलेका थिए । आठ अंकसाथ भारत पहिलो भयो । श्रीलंका र बंगलादेश तेश्रो बने । पाँचै राष्ट्र सहभागी यो स्पर्धामा माल्दिभ्स पनि थियो ।

यससँगै यु/१९ ब्वाइज/गर्ल्स दुवै नेपाली टोली उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका छनोट भएको आयोजकले जनाएको छ । यु-१९ ब्वाइज/गर्ल्स  टिम इभेन्टमा पहिलो र दोश्रो हुने टोली एसियाली जुनियर टेबलटेनिसका छनोट हुने प्रावधान छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु-१५ ब्वाइज टिम इभेन्टमा प्रजिल भट्टराई, जयस्नु महर्जन, आर्यन शाही र रिजन शाक्य सम्मिलित नेपाली टोली दोश्रो भयो । भारत पहिलो तथा श्रीलंका र पाकिस्तान तेश्रो स्थानमा रहे ।

सोही स्पर्धाको गर्ल्स भारत पहिलो, श्रीलंका दोश्रो तथा नेपाल र माल्दिभ्स तेश्रो भए । नेपाली टोलीमा शुभश्री श्रेष्ठ, प्रजिना महर्जन, सुरम्य शाक्य र श्रृया शाक्यले खेलेका थिए ।


भिडियो
‘नेपालमा गल्फको प्रचुर सम्भावना छ’ TALES OF THE TRAILS WITH PRARAMBHA DAHAL II DEEPAK ACHARYA
HIRA KUMARI BHUJEL र DIPA SHAHI लाई फुटबल खेल्न नपाउँदा चोटको भन्दा बढि पीडा II AFC ASIAN CUP
Deleted video
उज्वेकिस्तान प्रस्थान गर्नुअघि के भन्छ्नि साम्बा ll Sabitra Bhandari
MANMAYA DAMAI ।अन्तर्राष्ट्रिय डेब्यू गरिरहँदा गुरुलाई सम्झेँ l DEFENDER, NEPAL NATIONAL WOMENS TEAM
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो ll NEPAL NATIONAL CRICKET TEAM
KHELADI TALKS WITH AJAY PHUYAL II GAURAV BASNET II TIPTOE SPORTS HUB