चैत्र ५, २०८२ बिहीबार | १९:३९:३१
सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित आरएस पोखराविरुद्ध बागमतीको रोमाञ्चक जित एन्फालाई अध्यागमन विभागको पत्रः पर्यटन भिसामा रहेका खेलाडीलाई खेल्न रोक्नुहोस् ! मेस्सीको ९ सय गोल पूरा दिवानको कप्तानीमा कर्णालीको टोली घोषणा

अन्तरविधालय बास्केटबल: टिआइए, गोल्डेनपिक र भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । टिआइए, गोल्डेनपिक र भ्याली पब्लिक १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । 

शनिबार सम्पन्न प्रतियोगितामा टिआइएले सिनियर ब्वाइज, गोल्डेनपिले जुनियर ब्वाइज र भ्याली पब्लिकले सिनियर गर्ल्सको उपाधि जिते ।  

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा टिआइएले न्युटनलाई ६७-६१ ले पराजित गर्यो । टिआइएका वरदान थापाले २७ अंक जोडे ।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले जेबी स्कुललाई २९-२१ ले हरायो । गोल्डेनपिकका अग्रज राईले १२ स्कोर गरे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले केभिकेएसएसलाई २९-२२ ले निरास बनायो । भ्याली पब्लिककी दृष्य गुरुङले १० अंक जोडिन् ।

सिनियर ब्वाइजमा टिआइएका रोशन नगरकोटी, जुनियर ब्वाइजमा गोल्डेनपिकका फुर्वा शेर्पा र सिनियर गर्ल्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । 

यता सिनियर ब्वाइजमा न्युटनका युगेन लामा, जुनियर ब्वाइजमा ग्रिनल्यान्डका वियोन गुरुङ र सिनियर गर्ल्समा केभिकेएसएसकी खुसी मितोक उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

यसैगरी सिनियर ब्वाइजमा न्युटनका उज्ज्वल श्रेष्ठ, जुनियर ब्वाइजमा जेबीका गौरव ओली र सिनियर गर्ल्समा ग्रिनल्यान्डकी प्रसिद्धी भण्डारी सर्वाधिक स्कोरर बने ।

विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रहलाद खनाल, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी र ओडिसी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल नारायण रोकाले पुरस्कृत गरे ।

भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान१६ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।