पुस ७, २०८२ मंगलबार | १२:२०:१२
सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित सविताको शल्यक्रिया आज, आठ महिनाबढी मैदान बाहिर इसाकको शल्यक्रिया सम्पन्न, लामै समय आराममा रहने विश्वकप खेल्ने आशामा नेयमारले गरे घुँडाको शल्यक्रिया नेरेसको दुई गोलमा नेपोलीलाई सुपरकपको उपाधि सालाहको गोलमा इजिप्टको विजयी सुरुआत स्पान्योलको लगातार पाँचौं जित राउल जिमेनेजको कीर्तिमानी पेनाल्टी गोलमा फुलहम विजयी एन्फा यु-१६ युथ लिगः संकटाले भगवतीलाई हरायो तीन पाकिस्तानका खेलाडीले रुकुम पश्चिमबाट खेल्ने शेर्पाविरुद्ध मछिन्द्रको आधा दर्जन गोल, जावलाखेलको सहज जित

अन्तरविधालय बास्केटबल: टिआइए, गोल्डेनपिक र भ्याली पब्लिक च्याम्पियन

काठमाडौं । टिआइए, गोल्डेनपिक र भ्याली पब्लिक १९औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको च्याम्पियन बनेका छन् । 

शनिबार सम्पन्न प्रतियोगितामा टिआइएले सिनियर ब्वाइज, गोल्डेनपिले जुनियर ब्वाइज र भ्याली पब्लिकले सिनियर गर्ल्सको उपाधि जिते ।  

धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा भएको सिनियर ब्वाइजको प्रतिस्पर्धात्मक फाइनलमा टिआइएले न्युटनलाई ६७-६१ ले पराजित गर्यो । टिआइएका वरदान थापाले २७ अंक जोडे ।

जुनियर ब्वाइजको फाइनलमा गोल्डेनपिकले जेबी स्कुललाई २९-२१ ले हरायो । गोल्डेनपिकका अग्रज राईले १२ स्कोर गरे ।

सिनियर गर्ल्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले केभिकेएसएसलाई २९-२२ ले निरास बनायो । भ्याली पब्लिककी दृष्य गुरुङले १० अंक जोडिन् ।

सिनियर ब्वाइजमा टिआइएका रोशन नगरकोटी, जुनियर ब्वाइजमा गोल्डेनपिकका फुर्वा शेर्पा र सिनियर गर्ल्समा भ्याली पब्लिककी अनिता गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । 

यता सिनियर ब्वाइजमा न्युटनका युगेन लामा, जुनियर ब्वाइजमा ग्रिनल्यान्डका वियोन गुरुङ र सिनियर गर्ल्समा केभिकेएसएसकी खुसी मितोक उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए ।

यसैगरी सिनियर ब्वाइजमा न्युटनका उज्ज्वल श्रेष्ठ, जुनियर ब्वाइजमा जेबीका गौरव ओली र सिनियर गर्ल्समा ग्रिनल्यान्डकी प्रसिद्धी भण्डारी सर्वाधिक स्कोरर बने ।

विजेतालाई केन्द्रीय प्याब्सनका उपाध्यक्ष तथा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङ, प्याब्सन केन्द्रीय सचिवालय सदस्य प्रहलाद खनाल, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी र ओडिसी इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल नारायण रोकाले पुरस्कृत गरे ।

भदौ ५ गतेदेखि सुरु भएको प्रतियोगिताको सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान१६ टिमले प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
एपिएफको चुनौतीका लागि तयार छौं ll EAST BENGAL FC INDIA
SAFF क्लब च्याम्पियनसिपले अब हुने महिला लिगलाई सहयोग गर्न सक्छ ll Anita Basnet, Captain, APF FC
SAFF क्लबको ट्रफी एपीएफ क्लबका लागि मात्र होइन,समग्र नेपालको लागि पनि निकै महत्वपूर्ण छJibesh Pandey
Deleted video
जसरी पनि सी डिभिजनमा पुग्ने लक्ष्य थियो, अब बी डिभिजनको लक्ष्य छ ।I GHANASHYAM THAPA II NPJ SPORTING
सी डिभिजन छनोट च्याम्पियन नेपालगञ्ज ११ का प्रशिक्षक जनक केसीः यो पश्चिम नेपालकै ठूलो उपलब्धि हो ।I