चैत्र ६, २०८२ शुक्रबार | ०३:२०:५८
राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन राष्ट्रिय लिग स्थगित

हिमाल र इभाना च्याम्पियन

काठमाडौं । होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको जुनियर यु-१९ मा बिहीबार च्याम्पियन बनेका छन् ।  हिमाल व्बाइज र इभाना गर्ल्स सिंगल्समा पहिलो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६-११, ११-६, ११-९, ११-६ को सेटमा पराजित गरे ।

गर्ल्सको उपाधि भिडन्तमा इभानाले एभिएमकै वियंका राईलाई ७-११, ११-१, ११-७, ११-९ को सेटमा हराइन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा खोल्छा पुखुका समिप श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा इखाछें स्पोर्टस क्लबका मुकेश महर्जनलाई ११-९, ९-११, ११-९, ११-५ को सेटमा निरास बनाएका थिए ।

प्रतियोगितामा विभिन्न सात स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु-१५ सिंगल्सको ब्वाइजमा एभिएमका जयस्नु महर्जन र गर्ल्समा नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ, भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निसान श्रेष्ठ तथा ६० वर्षमाथि पुरुष सिंगल्समा रजन सुब्बाले स्वर्ण पदक जितेका थिए ।

विजेतालाई आयोजक एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र डा. मधुसुधन सुवेदी, प्रतियोगिता संयोजक धर्ममान वज्राचार्य, टेबल टेनिस खेलाडी च्य नविता श्रेष्ठलगायतले रे ।

चार दिने प्रतियोगितामा २५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । सातै स्पर्धाका शीर्ष तीनले क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ हात पारे ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो