माघ १५, २०८२ बिहीबार | १८:३०:५३
साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो साफ यु-१९ महिला च्याम्पियनसिपको तयारी पूरा, टिकटदर २०० र ५०० एनआरटीको चौथो जित, संकटालाई हरायो वानखडेमा किन उच्च स्कोर हुन्छ ? यी हुन् सिधै च्याम्पियन्स लिगको १६ मा पुग्ने आठ टिम सहज जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा प्रवेश गोलकिपरले गोल गर्दा बेन्फिकाले रियाल मड्रिडलाई हरायो आठौं राष्ट्रिय खुला कराते प्रतियोगिता शुक्रबारदेखि एपिएफ र मच्छिन्द्रको लगातार चौथो जित समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो

हिमाल र इभाना च्याम्पियन

काठमाडौं । होप्सका हिमाल विष्ट र एभीएमकी इभाना थापा दोश्रो राष्ट्रिय खुला जुनियर तथा भेट्रान टेबल टेनिस प्रतियोगिताको जुनियर यु-१९ मा बिहीबार च्याम्पियन बनेका छन् ।  हिमाल व्बाइज र इभाना गर्ल्स सिंगल्समा पहिलो भए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा हिमालले स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीका प्रवेश बस्नेतलाई ६-११, ११-६, ११-९, ११-६ को सेटमा पराजित गरे ।

गर्ल्सको उपाधि भिडन्तमा इभानाले एभिएमकै वियंका राईलाई ७-११, ११-१, ११-७, ११-९ को सेटमा हराइन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा खोल्छा पुखुका समिप श्रेष्ठले स्वर्ण पदक जिते । उनले फाइनलमा इखाछें स्पोर्टस क्लबका मुकेश महर्जनलाई ११-९, ९-११, ११-९, ११-५ को सेटमा निरास बनाएका थिए ।

प्रतियोगितामा विभिन्न सात स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु-१५ सिंगल्सको ब्वाइजमा एभिएमका जयस्नु महर्जन र गर्ल्समा नेपाल प्रहरीकी शुभश्री श्रेष्ठ, भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा इखाछेंका निसान श्रेष्ठ तथा ६० वर्षमाथि पुरुष सिंगल्समा रजन सुब्बाले स्वर्ण पदक जितेका थिए ।

विजेतालाई आयोजक एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेप कार्यकारी समितिकी सदस्य सुवर्ण श्रेष्ठ, राखेपका सदस्य जगतसिंह धामी र डा. मधुसुधन सुवेदी, प्रतियोगिता संयोजक धर्ममान वज्राचार्य, टेबल टेनिस खेलाडी च्य नविता श्रेष्ठलगायतले रे ।

चार दिने प्रतियोगितामा २५० खेलाडीले प्रतिस्पर्धा गरेको आयोजकले जनाएको छ । सातै स्पर्धाका शीर्ष तीनले क्रमशः १० हजार, ५ हजार र २ हजार ५०० रुपैयाँ हात पारे ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।