माघ १८, २०८२ आइतबार | १३:५८:०८
साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान

अर्नव र आरती च्याम्पियन

काठमाडौं । ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा शनिबार एकतर्फतको उपाधि जितेका छन् । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शीर्ष रोय पत्वारीलाई ७-११, ११-७, ११-४, ११-५ को सेटमा पराजित गरे ।

महिलाको उपाधि भिडन्तमा आरतीले ग्लोबलकी अनन्य सन्त्रलाई ११-८, ११-४,११-५ को सोझो सेटमा हराइन् । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष एकलको फाइनलमा दार्जिलिङ टेबलटेनिस संघका कुना बोसले आयोजक ललितपुरका कपिल कुमारलाई ९-११, ११-९, ११-७, ११-६ को सेटमा हराए ।

पुरुष एकल ४० वर्षमाथिको फाइनलमा दार्जिलिङका तानमोय दत्तले खोल्चपुखका समिप श्रेष्ठलाई ११-९, ११-७, ११-६ ले पराजित गरे ।

विजेतालाई ललितपुर महानगरपालिका प्रवक्ता एवं वडा ९ का अध्यक्ष राजु महर्जन, मुख्य प्रायोजक सम्झनाकी प्रबन्ध निर्देशक रजना जोशी, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा दक्षिण एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला टिम इभेन्टतर्फ स्वर्ण विजेता मध्येकी एक गीता क्षेत्रीलाई ‘लाइफ टाइम्स एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।

६ दिने प्रतियोगितामा ४०२ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।