चैत्र १३, २०८२ शुक्रबार | १७:२७:३९
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

अर्नव र आरती च्याम्पियन

काठमाडौं । ग्लोबल टेबलटेनिस एकेडेमीका अर्नव चन्द्र र आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरीले सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा शनिबार एकतर्फतको उपाधि जितेका छन् । 

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा अर्नवले टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीका शीर्ष रोय पत्वारीलाई ७-११, ११-७, ११-४, ११-५ को सेटमा पराजित गरे ।

महिलाको उपाधि भिडन्तमा आरतीले ग्लोबलकी अनन्य सन्त्रलाई ११-८, ११-४,११-५ को सोझो सेटमा हराइन् । पुरुष/महिला दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ प्राप्त गरे ।

सम्झना ल्याबोरेटरी क्लिनिक प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको भेट्रान ५५ वर्षमाथि पुरुष एकलको फाइनलमा दार्जिलिङ टेबलटेनिस संघका कुना बोसले आयोजक ललितपुरका कपिल कुमारलाई ९-११, ११-९, ११-७, ११-६ को सेटमा हराए ।

पुरुष एकल ४० वर्षमाथिको फाइनलमा दार्जिलिङका तानमोय दत्तले खोल्चपुखका समिप श्रेष्ठलाई ११-९, ११-७, ११-६ ले पराजित गरे ।

विजेतालाई ललितपुर महानगरपालिका प्रवक्ता एवं वडा ९ का अध्यक्ष राजु महर्जन, मुख्य प्रायोजक सम्झनाकी प्रबन्ध निर्देशक रजना जोशी, टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

सो अवसरमा दक्षिण एसियाली खेलकुदअन्तर्गत टेबलटेनिसको महिला टिम इभेन्टतर्फ स्वर्ण विजेता मध्येकी एक गीता क्षेत्रीलाई ‘लाइफ टाइम्स एचिभ्मेन्ट’ अवार्डबाट सम्मान गरिएको थियो ।

६ दिने प्रतियोगितामा ४०२ खेलाडीले विभिन्न ९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो