ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल

इबिए र एन्जल्स हार्ट फाइनलमा

काठमाडौं । इडेन ब्रिज एकेडेमी (इबिए) र एन्जल्स हार्ट नवौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

इबिएले आयोजक ग्रिनफिल्ड ‘ए’ लाई २४-१८ तथा एन्जल्स हार्टले लालीगुराँस नेसनल एकेडेमीलाई ३२-२१ ले पराजित गरे ।

सिनियर ब्वाइजमा ब्राइट होराइजनले महामञ्जुश्रीलाई ५७-२४ तथा ग्रिनल्यान्डले किङडम हिमालयलाई ५४-३८ ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे । सिनियर गर्ल्समा संस्कृतिले ग्रिनल्यान्डलाई १७-१२ तथा काष्ठमण्डपले रेडिअन्तलाई २२-१५ ले हराउदै फाइनल यात्रा तय गरे ।