क्विक्स/ग्रिनल्यान्ड बास्केटबल

क्विक्स/ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि

काठमाडौं । ग्रिनल्यान्ड माविको आयोजनामा १५ औं क्विक्स/ग्रिनल्यान्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा विभिन्न ३ विधामा जम्मा ३९ टिमको सहभागिता रहने आयोजक ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा १६, जुनियर ब्वाइजमा १४ र सिनियर गर्ल्समा ९ टिमको सहभागिता रहने छ ।

खेल लिग कम नकआउट पद्दतिमा हुनेछ । २०६० सालदेखि सुरु भएको प्रतियोगिताको दुई संस्करण कोभिडका कारण भएन । सिजी ग्रुपको क्विक्स चिजबलले सुरुको संस्करणदेखि नै प्रतियोगितालाई मुख्य प्रायोजन गर्दै आएको ग्रिनल्यान्डका भाइस प्रिन्सिपल विनोद घिमिरेले जानकारी गराए । भदौ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछ ।