प्लस २ कलेजस्तरीय नकआउट भलिबल

कालिका र कुवरवर्तीलाई उपाधि

काठमाडौं । कालिका र कुवरवर्तीले राष्ट्रव्यापी खेलकुदअन्तर्गत खुला प्लस २ कलेजस्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि जितेका छन् । कालिका ब्वाइज तथा कुवरवर्ती गर्ल्समा पहिलो बने ।

मंगलबार बुटवलस्थित सिद्देश्वर लालकुमारी माविमा भएको फाइनलमा कालिकाले उजुरसिंह माविलाई २–१ को सेटमा पराजित गर्यो । दीप बोर्डिङ स्कुल तेश्रो तथा कुवरवर्ती चौथो भए ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय भलिबल विभागद्वारा आयोजित प्रतियोगिताको गर्ल्सको उपाधि भिडन्तमा कुवरवर्तीले न्यु होराइजनलाई २–१ ले हरायो । सूर्योदय र कान्ति माविले तेश्रो स्थानमा चित्त बुझाए ।

दुवै समूहमा शीर्ष चार स्थान हात पार्नेले क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई बुटवल उपमहानगरपालिकाकी पूर्व उप मेयर गोमादेवी आचार्य, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।