इन्डिया ओपन कुकिवन डिस्प्याच

जैशीदेवलका तेक्वान्दो खेलाडी इन्डिया ओपनमा

काठमाडौं । जैशिदेवल तेक्वान्दो डोजाङका खेलाडीहरुले इन्डिया ओपन कुकिवन डिस्प्याच अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगतामा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

असार १७ देखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि जैशिदेवल युथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वान्दो डोजाङले मङगलबार ११ खेलाडीसहित १४ जनाको टिमलाई शुभकामनासहित बिदाई गरेको हो । नेपाल तेक्वान्दो संघका केन्द्रिय सदस्य तथा काठमाडौं जिल्ला समन्वय समितिका अध्यक्ष सन्तोष बुढाथोकी, जैशिदेवल युथ क्लबका अध्यक्ष तथा तेक्वान्दो प्रशिक्षक राजेश प्रजापतिलगायत अन्य पदाधिकारीले टिमलाई शुभकामनासहित बिदाई गरे ।

प्रतियोगितामा जुनियरतर्फ सुरेश हाङ लिम्बु, राहुल लिम्बु, राजीव गुरुङ, सन्देश राई, रोजन प्रजापति, झरना थापामगर, आस्ना रानामगर, सोनी बानियाँ तथा क्याडेड इभेन्टमा समर लामा, मुबिक्क्षा गजुरेल र समर्थध्वज जोशीले प्रतस्पर्धा गर्नेछन् । प्रशिक्षमा अन्जित राई, टिम व्यवस्थापकमा रमेश प्रजापति र अफिसयलमा भरत कारञ्जित रहेका छन् ।

अध्यक्ष प्रजापतिले भारतमा खेल्ने टिमको सम्पूर्ण खर्च जैशिदेवल युथ क्लबले नै बेहोरेको जानकारी गराए । उनले प्रतियोगितामा खेल्न दुई लाख रुपैयाँभन्दा धेरै लाग्ने जानकारी दिए ।