टी१० लिग इन्डोर क्रिकेट

प्रतिष चम्किँदा टी१० लिगको उपाधि मिक्स्माण्डुलाई

काठमाण्डौको ग्वार्कोमा सम्पन्न टी१० लिग इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि मिक्स्माण्डुले हात पारेको छ। मंगलबार सम्पन्न फाइनलमा ब्रदर्श ११ लाई २६  रनले पराजित गर्दै मिक्स्माण्डुले उपाधि जितेको हो।

टस जितेर पहिले ब्याटिङ गरेको मिक्स्माण्डुले निर्धारित १० ओभरमा ५ विकेट गुमाएर ७६ रन जोडेको थियो। मिक्स्माण्डुका लागि प्रतिष जिसीले सर्वाधिक १६ रनको योगदान गरे। बलिङमा ब्रदर्श ११ का दुर्गेश थापाले दुई विकेट लिए।

जवाफमा ७७ रनको लक्ष्य पछ्याएको ब्रदर्श ११ ले ९.१ ओभरमा सबै विकेट गुमाउँदै ४९ रनमात्र बनाउन सक्यो । ब्रदर्शका दुर्गेश थापाले २२ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। ब्रदर्श ११ लाई सस्तैमा समेट्न ‘प्लेयर अफ दि म्याच’ घोषित भएका मिक्स्माण्डुका अविनाश बस्यालले २ ओभरमा मात्र ७ रन खर्चिएर एक विकेट हात पारे ।

प्रतियोगिताको उत्कृस्ट ब्याटर टिम सुबिसुका दिपेश दास घोषित भए । यस्तै, ब्रदर्श ११ का लोकेन्द्र बिष्ट उत्कृस्ट बलर तथा मिक्स्माण्डुका प्रतिष जिसी प्रतियोगिताको उत्कृस्ट खेलाडी घोषित भए। 

विजेता टोलि मिक्स्माण्डुले नगद ३० हजार रुपैयाँसहित मेडल, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो । विजेता टोलीलाई ट्रफी तथा प्रमाण पत्र प्रेस काउन्सिल नेपालका प्रेसिडेन्ट बालकृष्ण बस्नेतले हस्तान्तरण गरेका थिए ।