लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

टाइम्स कलेज क्वार्टरफाइनलमा

काठमाडौं । रोयल बास्केटबल एकेडेमीलाई ८३–७३ को स्कोरमा हराउँदै आइतबार टाइम्स कलेज लामा टेन्डी शेर्पा खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न खेलमा टाइम्सले जित निकाल्दा टाेलीका सदिस प्रधानले सर्वाधिक २९ स्कोर गरे ।

यो जितसँगै टाइम्स समूह ‘सी’ को विजेता र रोयल उपविजेताको रुपमा क्वार्टर फाइनलमा पुगेका छन् ।

पहिलो क्वार्टरमा २०–२० को बराबरी स्कोर गरेका दुवै टोलीले दोस्रो क्वार्टरमा २६–२३ ले टाइम्सले अग्रता लियो । १४–१९ स्कोरले तेस्रो क्वार्टर रोयलले अग्रता लिए पनि अन्तिम क्वार्टर २३–१६ स्कोरले टाइम्सले जित्यो ।

यसअघि समूह ‘ए’ को विजेताको रुपमा कीर्तिपुर नगरपालिका र उपविजेताको रुपमा कास्की बास्केटबल संघ क्वार्टर फाइनलमा प्रवेश गरिसकेका छन् ।

समूह ‘बी’ को विजेता त्रिभुवन आर्मी क्लब र उपविजेता ड्रिक टिम र समूह ‘डी’ विजेता क्याम्पियन सोलो र उपविजेता गोल्डेनगेट कलेज क्वार्टर फाइनलमा पुगिसकेका छन् ।

सोमबार देखि सुरु हुने क्वार्टर फाइनलको पहिलो खेलमा समूह ‘ए’ को विजेता कीर्तिपुर र समूह ‘सी’ उपविजेता रोयलबीच प्रतिस्पर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्धा हुनेछ । 
दिनको दोस्रो खेलमा महिलातर्फ रोयल बास्केटबल एकेडेमी र रुपन्देहीबीच खेल हुनेछ । तेस्रो खेलमा पुरुषतर्फको क्वार्टर फाइनलको दोस्रो खेल आर्मी र क्याम्पियनबीच हुनेछ ।