इटालियन सिरी ‘ए’

सासौलोसँग इन्टर स्तब्ध

मिलान । सासौलोलाई २-० को नतिजा सुम्पिएसँगै इन्टर मिलानले इटालियन सिरी ‘ए’को शीर्ष स्थानमा उक्लने अवसर गुमाएको छ ।

सान सिरोमा सम्पन्न खेलको आठौं मिनेटमा जियाकोमा रासपोडारीले गरेको गोलमा सासौलोले अग्रता लिएको थियो । २६औं मिनेटमा जियानलुका स्काम्काले बललाई जाली चुमाउँदै सासौलोको अग्रता दोब्बर पारेका थिए । 

इन्टरले सबै खाले प्रतियोगिता गरि पछिल्लो  पाँच खेलमा एक अंक मात्र जोडेको छ ।

शीर्ष स्थानको एसी मिलान शनिबार सेलमिटानासँग बराबरीमा रोकिएपछि इन्टरसँग शीर्ष स्थानमा उक्नले अवसर थियो । एसी मिलानको २६ खेलमा ५६ अंक छ भने इन्टरको २५ खेलमा ५४ अंक छ । तेस्रो स्थानको नेपोलीको ५३, चौथो स्थानको युभेन्टसको ४७ र पाँचौ स्थानको एट्लान्टाको ४४ अंक रहेको छ । 

सासौलो २६ खेलमा ३३ अंकसहित ११औं स्थानमा छ । सासौलोको हारसँगै सिरी ‘ए’ मा इन्टरको ६ खेलको अपरजित यात्रामा समेत पूर्णविराम लागेको छ । 

इन्टरले सिरी ‘ए’ मा शुक्रबार  जिनोवाको भ्रमण गर्नेछ भने सासौलोले फियोरेन्टिनाको समना गर्नेछ ।