लामा टेन्डी शेर्पा स्मृति बास्केटबल प्रतियोगिता

एचआइके भिजनको पहिलो जित

काठमाडौं । विजयको उच्च प्रदर्शनमा एचआइकेले शनिबार लामा टेन्डी शेर्पा स्मृति खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगितामा पहिलो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको खेलमा एचआइकेले बीएमकेलाई ७५–६८ को स्कोरले हरायो । एचआइकेले विजयले सर्वाधिक २६ अंकको योगदान गरे ।

पहिलो क्वाटर १३-२५, दोस्रो क्वाटर २३-२१, तेस्रो क्वाटर १७-१८ र चौथो क्वाटरमा २२-४ अंक बटुलेको थियो ।

यस्तै महिलातर्फ भएको खेलमा रोयल बास्केटबलले किर्तिपुर नगरपालिकालाई ७६-२१ को स्कोरमा हरायो । 
रोयलका लागि प्रतीक्षा मगरले सर्वाधिक १६ अंक जोडेकी थिइन् ।

चारै क्वाटर आफ्नो पक्षमा पारेको रोयल लगातार पहिलो १६-५, दोस्रो १६-७, तेस्रो २१-४ र चौथो क्वाटरमा २३-५  अंक बनाएको थियो ।

प्रतियोगितामा आइतबार पुरुषतर्फ बीएमके र कास्की बास्केटबल तथा रोयल र टाइम्स बास्केटबल एकेडेमीबीच खेल हुनेछ ।

यस्तै महिलातर्फ रोयल र किर्तिपुरबीच प्रतिस्पर्धा हुनेछ ।