अक्षरा कप अन्तर विद्यालय बास्केटबल

अक्षरा कपः भ्याली पब्लिकका तीनवटै टोली फाइनलमा

काठमाडौं । भ्याली पब्लिक प्रथम अक्षरा कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको तीनै विधामा मंगलबार फाइनलमा प्रवेश गरेको छ । भ्याली पब्लिक सिनियर ब्वाइज र गर्ल्स तथा मिक्स जुनियरमा फाइनल पुग्न सफल भयो ।

अक्षरा स्कुलको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा भ्याली पब्लिकले गेटवे एकेडेमीलाई ६३-५८ ले पराजित गर्दै अक्षरिकासँग फाइनल भेट पक्का गर्यो । भ्याली पब्लिकका अनिमेश अधिकारीले ११ अंक  जोडे । 

अक्षरिकाले शिक्षालय नेपाललाई ५३-२८ ले हरायो । अक्षरिकाका आयुश कार्कीले ११ स्कोर गरे ।

सिनियर गल्र्समा भ्याली पब्लिकले बौद्ध इन्टरनेसनल स्कुल (बिआइएस) लाई ३६-१० ले स्तब्ध बनायो। भ्याली पब्लिककी लोरिशा गौचनले २४ स्कोर गरिन् । उपाधिका लागि भ्याली पब्लिकले नेमोनिकको सामना गर्नेछ ।

 अर्को सेमिफाइनलमा नेमोनिकले शिक्षालय नेपालमाथि ४४-२ को आरामदायी जित दर्ता गर्यो । नेमोनिककी खुशी तामाङले आठ अंक जोडिन् ।

जुनियर मिक्समा भ्याली पब्लिकले आयोजक अक्षराको चुनौती ४३-१२ ले समाप्त पार्यो । भ्याली पब्लिकका विशाल परियारले १२ अंक बटुले । 

उपाधि भिडन्तमा भ्याली पब्लिकले आलोक विद्याश्रमको सामना गर्नेछ । आलोक विद्याश्रमले विद्या विकासको यात्रा १९-१३ ले पूर्णविराम लगायो । आलोक विद्याश्रमकी रिया कार्कीले १० अंक जोडिन् ।

काँडाघारीस्थित आयोजक अक्षरामा भइरहेको प्रतियोगिताको तीनै विधाको फाइनल बिहीबार हुनेछ । बुधबार तेश्रो स्थानका लागि खेल हुनेछ ।