अक्षरा कप अन्तर विद्यालय बास्केटबल

अक्षरा कपः आयोजक अक्षरा सेमिफाइनलमा

काठमाडौं । आयोजक अक्षरा स्कुल प्रथम अक्षरा कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको मिक्स जुनियरमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

अक्षराले गेटवे एकेडेमीलाई १४-११ले पराजित गर्यो । अक्षराका विश्वराज तामाङले १० अंक जोडे । सोही स्पर्धामा आलोक विद्याश्रम, भ्याली पब्लिक र विद्या विकास सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

आलोकले ज्ञान संस्कारलाई २५-७, भ्याली पब्लिकले प्रारम्भलाई ३६-६ र विद्या विकासले शिक्षालयलाई १३-११ ले हराए । आलोकका सार्थक सिग्देलले ११, भ्याली पब्लिककी सोनीमाया तामाङले १२ र विद्या विकासका कुशल बस्नेतले ८ स्कोर गरे । 

सेमिफाइनलमा अक्षराको भेट भ्याली पब्लिकसँग हुनेछ भने आलोकले विद्या विकासको सामना गर्नेछ ।

सिनियर ब्वाइज र गर्ल्समा पनि सेमिफाइनल समिकरण तयार भइसकेको छ । सिनियर ब्वाइजको सेमिफाइनलमा गेटवेले भ्याली पब्लिक तथा अक्षरिकाले शिक्षालय नेपालको सामना गर्नेछन् । सिनियर गर्ल्सको सेमिफाइनल भ्याली पब्लिक र बौद्ध इन्टरनेसनल स्कुल तथा शिक्षालय नेपाल र नेमोनिक मोर्डन स्कुलबीच हुनेछ ।