एक्सेल्सियर कप

एक्सेल्सियर कपः एक्सेल्सियर र काष्ठमण्डप सेमिफाइनलमा

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गर्ल्स बास्केटबलमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले न्यु जेनिथलाई २६-७ ले पराजित गर्यो । एक्सेल्सियरको जितमा अकिना गुरुङले १२ अंक योगदान गरिन् । रिहाना पाण्डेको ७ अंक सहयोगमा काष्ठमण्डपले ज्ञानोदय बालवाटिकालाई २४-३ ले हरायो ।

सिनियर ब्वाइजमा पुष्पसदनले एक्सेल्सियरलाई ४१-२७ तथा जेनिथले टीआईएलाई ५०-२७ ले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पुष्पसदनका मनीष गुरुङले १३ तथा जेनिथका प्रज्ज्वल बस्नेतले १८ स्कोर गरे । ब्वाइज/गर्ल्स दुवैको बाँकी क्वार्टरफाइनल शनिबार हुनेछ ।

ब्वाइज फुटसलमा क्वार्टरफाइनल समिकरण तयार

द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको तीनै उमेरसमूहको प्रतिस्पर्धामा क्वार्टरफाइनल  समिकरण तयार भएको छ ।

यु-१२ मा किड्स लर्निङले मोर्डन इन्डियन, सेक्रेड हार्टले बृहस्पति विद्या सदन, रेडिअन्ट पब्लिकले रिब्स र द चाँदबागले एलआरआइविरुद्ध खेल्ने छन् ।
यु-१३ मा न्यु एराले बृहस्पति, रेडिअन्ट पब्लिकले निसर्ग वाटिका, काष्ठमण्डपले सेक्रेड हार्ट र चाँदबागले निर्भानाको सामना गर्नेछन् ।

यु-१६ को क्वार्टरफाइनल निसर्ग वाटिका र एक्सेल्सियर ‘रातो’, संस्कृति र न्यु एरा, ग्रिनफिल्ड र चेल्सी वर्ल्ड स्कुल तथा काष्ठमण्डप र एक्सेल्सियर ‘पहेलो’ बीच हुनेछ ।