आइसिसी यु-१९ विश्वकप

भारतले दियो नेपाललाई २ सय ९८ रनको लक्ष्य

काठमाडौं । भारतले आइसिसी यु-१९  विश्वकपको सुपर सिक्समा नेपालसामू २ सय ९८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउँ ओभलमा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै २ सय ९७ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि सचीन दासले १ सय १ बलमा ११ चौका र तीन छक्काको मद्दतले सर्वाधिक १ सय १६ रनको योगदान गरे । यसैगरी कप्तान उदय सहरनले १ सय ७ बलमा ९ चैकाको मद्दतले १ सय रन, आदर्श सिंहले २१, प्रियान्शु मोलियाले १९ र आर्शिन कुलकर्नीले १८ रन बनाए ।

चौंथो विकेटका लागि उदय र सचीनले २ सय १५ रनको साझेदारी गरे । यी दुई खेलाडीले शिखर धवन र सुरेश रैनाको नाममा रहेको चौंथो विकेटको कीर्तिमानी साझेदारी तोडेका हुन् । २००४ मा भएको यु-१९ विश्वकपमा रैना र धवनले १ सय ३४ रनको साझेदारी गरेका थिए ।

नेपालका लागि गुल्सन झाले ३ तथा आकाश चन्दले १ विकेट लिए ।