मोरङ जिल्ला स्तरिय ‘बी’ डिभिजन क्रिकेट

‘बी’ डिभिजन क्रिकेटमा विराटनगर र जहदा विजयी

विराटनगर  । मोरङ जिल्ला स्तरिय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबारका खेलमा विराटनगर क्रिकेट क्लव(विसिसीए) र जहदा विजयी भएका छन् ।

विराटनगरको वैजनाथ क्रिकेट मैदानमा भएको पहिलो खेलमा विसिसीएले युनाइटेड क्रिकेट क्लबलाई ७८ रनले पराजित गर्यो ।

विसिसीले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य पछ्याएको युनाइटेड १८.४ बलमा  ७५ रनमै समेटियो । युनाइटेडका लागि युनिक भट्टराईले २२ रन र सुरज श्रेष्ठले १० रनको योगदान दिए । विसिसिएका कृतिक कामतले ४ र अविशेक मण्डलले ३ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको विसिसीएले निर्धारित २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय ५३ रन बनाएको थियो । विसिसीका लागि राहुल चौधरीले ५५ रन बनाउँदा धिरज कामत अविजित ४६ रन बनाए । 

युनाइटेडका सुवास राय, अंकित मण्डल र रवानी अन्सारीले समान  १ विकेट लिए ।

दोस्रो खेलमा जहदा क्रिकेट एकाडेमीले कटहरी क्रिकेट क्लवलाई १० रनले पराजित गर्यो । जहदाले प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्य पछ्याएको कटहरीे २३.४ ओभरमा १ सय १२ रनमा समेटियो । 

कटहरीका लागि श्रवणकुमार रायले सर्वाधिक २८ रनको योगदान दिए । जहदाका पाण्डव मण्डल, विशाल मण्डल र राजेश कामतले समान २ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको जहदाले निर्धारित २५ ओभरमा ९ विकेट गुमाई १ सय २२ रन बनाएको थियो । जहदाका लागि  सुमन राजवंशीले ३२ र  त्रिलोक राजवंशीले १५ रन बनाए । कटहरीका

कटहरीका लागि अविशेक कामतले ३ र किशन कामतले २ विकेट लिए ।