रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती

राष्ट्रिय कुस्तीः रमेशलाई स्वर्ण

काठमाडौं । नेपाल प्रहरीका रमेश गोतमेले दोश्रो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा शुक्रबार स्वर्ण पदक जितेका छन् ।  रमेशले पुरुष १२५ केजीको फाइनलमा मधेश प्रदेशका राज यादवलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ६१ केजीमा एपिएफका शमकिशोर यादव, ६५ केजीमा मेधशका कुन्दन शाह, ७० केजीमा मधेशका सुजित यादव, ७४ केजीमा नेपाल आर्मीका सुरेश चुनारा, ८६ केजीमा मधेशका निखिलराज पटेल र ९७ केजीमा नेपाल प्रहरीका त्रिलोकप्रसाद यादवले स्वर्ण पदक चुमे ।

नेपाल कुस्ती संघद्वारा आयोजित प्रतियोगिताको महिलातर्फ ५३ केजीमा आर्मीकी सम्झना थारु, ५५ केजीमा प्रहरीकी मनीषा सिंह, ५७ केजीमा आर्मीकी शिवाङगी दुवे, ६२ केजीमा आर्मीकी सुशिला चन्द, ६५ केजीमा आर्मीकी लक्ष्मी भट्ट, ७२ केजीमा एपीएफकी हेमा भट्ट र ७६ केजीमा आर्मीकी रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य अञ्जन धमला, राखेपका सदस्य पनि रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीलगायतले पुरस्कृत गरे ।

एकदिने प्रतियोगिताको उद्घाटन राखेपका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । प्रतियोगितामा पुरुष/ महिलातर्फ समान सात विधा समावेश थियो ।