माईजोगमाई अध्यक्ष कप

माईजोगमाई अध्यक्ष कपः इलाम र सूर्योदय सेमिफाइनलमा

इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्ष कप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार तेस्रो क्वार्टरफाइनलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४-१ पराजित गर्यो । पहिलो हाफ १-१ भएको खेलको दोश्रो हाफमा इलामले तीन गोल थप्यो ।

चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सूर्योदय नगरपालिकाले माई नगरपालिकाविरुद्ध ३-१ को पुनरागमन जित निकाल्यो । पहिलो हाफमा १-० ले पछि परेको सूर्योदयले दोस्रो हाफमा तीन गोल गरेको थियो । 

पहिलो सेमिफाइनलमा शनिबार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका भिड्नेछन् ।