फाल्गुन १७, २०८२ आइतबार | २०:५१:२३
पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित पराजित जिम्बावेका राजा प्लेयर अफ द म्याच दक्षिण अफ्रिका अपराजित रहदै सेमिफाइनलमा चित्लाङलाई हराउँदै तेस्रो स्थानमा उक्लियो एनआरटी आर्सनललाई चेल्सीको चुनौती महिला एसियन कपको २१औं संस्करण आजबाट, दक्षिण एसियाबाट भारत र बंगलादेशको सहभागिता पुछारको नव जन जागृतिलाई हराउँदै आर्मी तेस्रो स्थानमा उक्लियो भारत र वेस्ट इण्डिज सेमिफाइनल प्रवेशका लागि खेल्दै डर्टमन्डविरुद्ध बार्यनको रोमाञ्चक जित यमलको ह्याट्रिक, बार्सिलोनालाई चार अंकको अग्रता लिभरपुलको जित
शनिबारको दिन यशोदाकुमारी चिराल

सुदूरको उडानमा यशोदा बनिन् ‘गेम चेन्जर’

काठमाडौं । दुई वर्षअघि राष्ट्रिय महिला लिगको पहिलो चरण सकिएपछि ठप्पजस्तै बनेको नेपाली महिला फुटबलले २०८० वैशाखमा बल्ल अखिल नेपाल फुटबल संघ (एन्फा)बाट प्रतियोगिता पायो ।

२०७८ चैत १० देखि ३० सम्म चितवनको शारदानगरमा महिला लिगको पहिलो चरण भएको थियो । एन्फाकै घोषणा मान्ने हो भने दोस्रो चरण १५ दिनपछि विराटनगरमा हुनुपथ्र्यो । तर, गत वर्ष फागुनमा एन्फाले उक्त लिगलाई निरन्तरता नदिने निर्णय गरी नयाँ लिग आयोजना गर्ने भन्यो ।

सुर्खेतमा सुदूरपश्चिम प्रदेशलाई दोस्रो स्थानमा पुर्याउँदा ‘गेम चेन्जर’ बनिन्, यशोदाकुमारी चिराल । सुदूरपश्चिमको राजधानी धनगढीकी खेलाडी यशोदा लिगको छनोटमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनिन् ।

सोहीअनुरुप गत वैशाखमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा महिला लिगको छनोट सकिँदा प्रतियोगिताले राष्ट्रिय लिगमा छनोट हुने शीर्ष तीन टोली पाइसकेको छ । प्रतियोगिताबाट कोशी प्रदेश शीर्ष, सुदूरपश्चिम दोस्रो र कर्णाली प्रदेशले तेस्रो स्थान ओगटेका थिए ।

सुर्खेतमा सुदूरपश्चिम प्रदेशलाई दोस्रो स्थानमा पुर्याउँदा ‘गेम चेन्जर’ बनिन्, यशोदाकुमारी चिराल । सुदूरपश्चिमको राजधानी धनगढीकी खेलाडी यशोदा लिगको छनोटमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनिन् ।

रौतहटकी रजनी थोकरलाई पछि पारेकी यशोदाले प्रतियोगिताभर ७ गोल गरिन् । प्रतियोगितामा सुदूरपश्चिमले खेलेका ६ खेलमध्ये गण्डकीबाहेक सबै टिमविरुद्ध यशोदा गोल गर्न सफल भएकी थिइन् । तर, उनी आफैंलाई भने धेरै गोल गर्ने खेलाडी हुन्छु भन्ने कल्पनासम्म थिएन ।

‘प्रतियोगिताको उच्च गोलकर्ता बन्छु भन्ने सोचेको थिइनँ,’ उनले सुनाइन्, ‘प्रतियोगिता खेल्छु भन्ने पनि थाहा थिएन । आफूले सक्दो प्रयास गरेको थिएँ । अहिले धेरै गोल गर्ने खेलाडी बन्दा निकै खुसी छु ।’

सुर्खेतबाट आफ्नो टिमलाई राष्ट्रिय लिगसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेकी यशोदाले अब भने विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्ने लक्ष्य राखेकी छन् ।

भर्खरैमात्र शारदा माविबाट एसईई दिएकी यशोदा उमेरले १८ वर्ष पुग्दै छिन् । परिवारमा दुई दाजुभाइ र चार दिदीबहिनीमध्येकी कान्छी हुन् उनी । साइँली दिदीबाट फुटबल खेल्न प्रेरित यशोदा लिगको छनोटमा आउनुअघि यसलाई रमाइलोका लागि मात्रै लिन्थिन् । तर, सुर्खेतबाट आफ्नो टिमलाई राष्ट्रिय लिगसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेकी यशोदाले अब भने विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट खेल्ने लक्ष्य राखेकी छन् ।

‘घरमा रमाइलोका लागि मात्रै फुटबल खेल्थें । खेल्दा खेल्दै यहाँ आइपुगियो । दिदी खेल्नुहुन्थ्यो,’ यशोदाले सुनाइन्, ‘अब राष्ट्रिय लिगमा राम्रो गरेर आर्मी क्लबबाट खेल्ने इच्छा छ ।’

सावित्रा र प्रीतिबाट प्रभावित

प्रतियोगितामा सात गोल गर्दा यशोदाले एक खेलमा ह्याट्रिक र चार टोलीविरुद्ध समान एक गोल गरिन् । उनले बागमती प्रदेशविरुद्ध ह्याट्रिक गर्दा कोशी, मधेश, कर्णाली र लुम्बिनीविरुद्ध एक गोल गरेकी हुन् ।

परिवारबाट फुटबल खेल्न रोकतोक नहुँदा पनि यशोदाले सुदूरपश्चिमबाट आफ्नो प्रदर्शन निखार्ने अवसर पाइन् । गोल स्कोरका लागि फरवार्ड र मध्यभाग नियन्त्रण राख्न अट्याकिङ मिडफिल्ड रुचाउने उनी राष्ट्रिय टिमबाट यिनै पोजिसनमा खेल्ने खेलाडीलाई पछ्याउछिन् । उनलाई सावित्रा भण्डारी (साम्बा) र प्रीति राईको प्रदर्शनले लोभ्याउँछ ।

फुटबलमा लाग्दा पढाइप्रति आवश्यक समय दिन नसक्दा भने उनी चिन्तित हुन्छिन् ।

उनी लक्ष्य सुनाउँछिन्, ‘राष्ट्रिय महिला टिममा साबित्रा र प्रीति दिदीको खेल राम्रो लाग्छ । खेल्दै गएँ भने उहाँहरू जस्तै बन्छु भन्ने सोचेकी छु ।’

परिवारले जस्तै विद्यालयले पनि यशोदाको फुटबल लगाव मर्न नदिन आवश्यक सहयोग गर्दै आएको छ । प्रतियोगिताहरू खेल्न जाँदा विद्यालयले बिदा मिलाइदिने गरेको बताउँछिन् यशोदा । तर, फुटबलमा लाग्दा पढाइप्रति आवश्यक समय दिन नसक्दा भने उनी चिन्तित हुन्छिन् ।

‘फुटबल खेल्न परिवारले र स्कुलले राम्रो साथ दिइरहनुभएको छ । स्कुलले पनि खेलका लागि बिदा मिलाइदिनु हुन्छ,’ उनले भनिन्, ‘खेल र पढाइलाई एकसाथ अघि बढाउन गाह्रो हुँदोरहेछ । पढाइमा ध्यान केन्द्रित गर्न नसकिने रहेछ ।’

सुदूरपश्चिमको नतिजा 

लिगको छनोट प्रतियोगिताका ६ खेलमध्ये ५ मा जित र एक खेलमा हार नतिजा आत्मसात गरेको सुदूरपश्चिमले १५ अंकसहित राष्ट्रिय लिगसम्म यात्रा तय गरेको छ । पहिलो खेलमै सुदूरपश्चिमले गण्डकी प्रदेशविरुद्ध ५-१ को जितसहित प्रभावशाली सुरुआत गरेको थियो । दोस्रो खेलमा कोशी प्रदेशविरुद्ध २-१ ले पराजित हुँदा सुदूर तेस्रो खेलमा मधेशविरुद्ध ३-० को जित निकाल्न सफल भयो । चौथो खेलमा बागमतीविरुद्ध ६-० को जित निकालेको सुदूरपश्चिमले पाँचौं खेलमा कर्णालीलाई १-० र अन्तिम खेलमा लुम्बिनीलाई ३-० ले हराएको थियो ।