मंसिर ८, २०८२ सोमबार | १८:१५:५१
एएफसी यु–१७ एसियन कप छनोटः नेपालको लगातार दोस्रो हार कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य विराटनगरविरुद्ध जनकपुरले टस जितेर फिल्डिङ गर्दै एसी मिलानले इन्टरलाई हरायो आर्सनलको सहज जितमा एबेरेची एजेको ह्याट्रिक अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड एनपिएलमा सट्टेबाजी गराउन खोज्ने ८ भारतीय पक्राउ एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने एएफसी यु–१७ एसियन कप छनोटः नेपालको लगातार दोस्रो हार कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य सन्दीप चम्किएपछि विराटनगरको लगातार तेस्रो जित जनकपुरलाई दोस्रो जित निकाल्न विराटनगरले दियो १३६ रनको लक्ष्य विराटनगरविरुद्ध जनकपुरले टस जितेर फिल्डिङ गर्दै एसी मिलानले इन्टरलाई हरायो आर्सनलको सहज जितमा एबेरेची एजेको ह्याट्रिक अन्तिम समयको गोलले हारबाट जोगियो रियाल मड्रिड एनपिएलमा सट्टेबाजी गराउन खोज्ने ८ भारतीय पक्राउ एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने

कर्णालीविरुद्ध सुदूरपश्चिमको मध्यम लक्ष्य

शीर्ष क्रम चल्न नसकेपनि मध्यक्रमका ब्याटरले पारी उकास्दा नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा सुदूरपश्चिम रोयल्सले ‘वेस्टर्न डर्बी’मा कर्णाली याक्सविरुद्ध १४० रनको मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।

प्रतियोगिताको आठौं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै १३९ रनको योगफल खडा गरेको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले २८ बलमा एक चौका र दुई छक्कासहित ३९ रनको पारी खेले । त्यस्तै आरिफ शेखले २५ बलमा तीन चौकासहित २७ रन बनाउँदा हर्मित सिंहले १९ र क्रिस लिनले १८ रन जोडे । यसैगरी ओपनर विनोद भण्डारीले ११ र स्कट कुगुलेइनले १० रन बनाए ।

कर्णालीका लागि कप्तान सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै नन्दन यादवले दुई खेलाडीलाई पवेलियनको बाटो देखाउँदा मार्क वाट, विपीन शर्मा र युवराज खत्रीको नाममा समान एक विकेट रह्यो ।

इनिङ्सको पहिलो बलमै ओपनर जस ब्राउन ‘रोयल डक’ भए । सोमपालले ब्राउनलाई बोल्ड गरे । त्यसपछिको पाँच बल सोपालले ‘डट’ फाले । त्यसपछि आएका क्रिस लिन र अर्का ओपनर विनोद भण्डारीले दोस्रो विकेटका लागि २६ रनभन्दा बढीको साझेदारी गर्न सकेनन् ।

पाँचौं ओभरको चौथो बलमा विनोदलाई विपीन शर्माले एलबिडब्लुको शिकार बनाए । पावरप्लेको समाप्तिमा ४.५० को रनरेटमा सुदूरपश्चिमले स्कोरबोर्डमा २७ रन जोड्यो ।

आठौं ओभरको पाँचौं बलमा युवराज खत्रीले लिनको विकेट लिए । १८ रनमा ब्याटिङ गरिरहेका लिनलाई खत्रीले विलियम बसिस्टोबाट क्याच गराए । अर्को ओभरमा बसिस्टोले नन्दन यादवको ‘थ्रो’मा इशान पाण्डेलाई पवेलियनको बाटो देखाए ।

इशान पवेलियन फर्किएसँगै क्रिजमा आएका दीपेन्द्रसिंह ऐरिले आरिफ शेखसँग मिलेर पाँचौं विकेटका लागि २७ रनको साझेदारी गरे । स्कोरबोर्डमा ७३ रन हुँदा अरिफलाई नन्दनले बोल्ड गरे । त्यसपछि आएका हर्मित सिंहले ऐरिसँग मिलेर ४८ रनको साझेदारी गर्दा सुदूरपश्चिम पारी सम्हालिएको थियो । यसबीच १५औं ओभरको पाँचौं बलमा सुदूरपश्चिमले एक सय रनको आँकडा पूरा गर्यो ।

१७औं ओभरको पाँचौं बलमा सोमपालले हर्मितलाई बोल्ड गर्दै कर्णालीलाई ‘ब्रेक थ्रु’ दिलाए । लगत्तैको ओभरमा सुदूरपश्चिमले ऐरिलाई पनि गुमायो । वाटको बलमा ऐरि नाजिबुल्लाह जद्रानबाट क्याच भए । जतिबेला सुदूरपश्चिमले १२६ रन जोडेको थियो । ९ रनपछि सोमपालको बलमा नरेन ‘हिट विकेट’को शिकार बने । अन्तिम ओभरमा नन्दनले स्कट कुगुलेइनलाई बोल्ड गरे ।


भिडियो
Private video
NPL को दोस्रो खेलमा लगातार पराजित भएपछि JANAKPUR BOLTS का HEAD COACH SHIVNARAYAN CHANDRAPAL
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
TRI NATION INTERNATIONAL SERIES मा NEPAL को एकमात्र लक्ष्य उपाधि II NEPAL WOMEN FOOTBALL TEAM
महिला टिमको व्यवस्थापनमा विगतका कमजोरी सुधारेर आउन दिन्न ।I SURESH SHAH, TEAM MANAGER II TEAM NEPAL
Tri-nation International Friendly Seriesको लागी इन्डोनेसिया जाने Nepal Women's team को बिदाई
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2