मंसिर ७, २०८२ आइतबार | १६:०७:५८
एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने दृष्टिविहिन महिला टी– २० विश्वकपमा नेपाल उपविजेता पिएसजीको सहज जित न्युक्यासल युनाइटेडले म्यानचेस्टर सिटीलाई हरायो शीर्ष स्थानमा उक्लियो बार्सिलोना एएफसी यु-१७ एसियन कप छनोटः नेपाल सिरियासँग पराजित विराटनगरको दोस्रो जित, काठमाडौंको लगातार हार विराटनगरको आक्रमक सुरुआत एएफसी यु-१७ एसियन कप छनोटः सिरियाविरुद्ध भुवन र दिग्विजय बेन्चमा विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य

एन्फा, क्लब र खेलाडीबीचको बैठक सकारात्मक, सर्वपक्षीय समिति बन्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा), सहिद स्मारक डिभिजन क्लब र खेलाडी संघबीचको बैठक सम्पन्न भएको छ । एन्फाले आइतबार दुई पक्षलाई सातदोबाटोस्थित मुख्यालयमा छलफलको लागि बोलाएको थियो ।

बिहान साढे ११ बजे बोलाएको बैठक सकारात्मक रहेको एक पदाधिकारीले बताएका छन् । उनका अनुसार बैठकले सर्वपक्षीय समिति बनाउने निर्णय भएको छ । जुन समितिले सहिद स्मारक ए, बी र सी डिभिजन लिग, महिला लिग, फुटसल लिग र जिल्ला लिग गर्न तालिका समेत बनाउने निस्कर्ष निकालेको छ ।

‘तीन पक्षबीच भएको वार्ता सकारात्मक रह्यो । सबै पक्ष समेट्नेगरि समिति बन्ने भएको छ । जुन समितिले प्रतियोगिताको तालिकादेखि नियमावलीसमेत निर्धारण गर्नेछ,’ एक पदाधिकारीले बने ।

उनका अनुसार समितिमा क्लबका ४, खेलाडीबाट ४ तथा एन्फाबाट ४ पदाधिकारी रहनेछन् । समितिमा कुन कुन पदाधिकारी बस्ने त्यो भने सम्बन्धि क्लब, खेलाडी संघ र एन्फा आफैले नै निर्धारण गर्नेछन् ।

यसअघि सहिद स्मारक डिभिजन लिग आयोजना गर्नुपर्ने मागसहित खेलाडी संघले सडक आन्दोलन सुरु गरेको थियो । पछि क्लबहरुले पनि आफूहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित धर्ना सुरु गरेपछि एन्फाले दुबै पक्षसँग छलफलमा बोलाएको हो ।

छलफलमा एन्फाको तर्फबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई लगायतको सहभागिता थियो । खेलाडीसंघबाट अध्यक्ष विक्रम लामा, विकेश कुथु, विशाल श्रेष्ठ र विराज महर्जन सहभागि भएका थिए । क्लबको तर्फबाट हिमालयन शेर्पा क्लबका अध्यक्षलगायत सहभागी भएका थिए । 
 


भिडियो
SAMBA दिदी नहुँदा नयाँ खेलाडीले अवसर पाउँछन् । हामी दिदी नभए पनि जित्नका लागि खेल्छौं ।I PREETI RAI
Private video
महिला टिमको व्यवस्थापनमा विगतका कमजोरी सुधारेर आउन दिन्न ।I SURESH SHAH, TEAM MANAGER II TEAM NEPAL
Tri-nation International Friendly Seriesको लागी इन्डोनेसिया जाने Nepal Women's team को बिदाई
PUNAM CHAND II VOLLEYBALL PLAYER IIअर्को खेलमा यसरी जोडिन पाउँदा ज्यादै खुसी लाग्दोरहेछ ।I NPL 2
FOOTBALL नहुँदा NPL ले माहोल दिएको छ, FOOTBALL ले CRICKET र PARAS दाइबाट सिक्नुपर्छ II BIKESH KUTHU
MONDAY KAJI SHRESTHA II KARATE WCUP मा भाग लिन जाँदा KATHMANDU GORKGAS का खेल मिस हुनेछन् ।I NPL 2