काठमाडौं । एथलेटिक क्लब बिल्बाओविरुद्ध ४-० को सहज जित निकाल्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।
जितसँगै बार्सिलोनाले १३ खेलमा ३१ अंक जोडेको छ । एक खेल कम खेलेको रियाल मड्रिडसँग समान अंक रहे पनि बार्सिलोना गोल अन्तरमा अगाडि रहेको हो ।
यता पराजित एथलेटिक क्लब ३ खेलबाट १७ अंकका साथ आठौं स्थानमा छ ।
क्याम्प नोउमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन फेरान टोरेसले दुई तथा रोबर्ट लेवान्डोवस्की र फिर्मिन लोपेजले समान एक गोल गरे ।
खेलको चौथो मिनेटमै लेवान्डोवस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा टोरेसले टोलीको अग्रता दोब्बर बनाए ।
लोपेजले ४८औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरे । ५४औं मिनेटमा मिडफिल्डर ओइहान सान्सेटले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि एथलेटिक १० खेलाडीमा समेटिएको थियो ।
निर्धारित समयको अन्तिम मिनेटमामा टोरेसले व्यक्तिगत दोस्रो तगा टोलीका लागि चौथो गोल गरे ।
