मंसिर ६, २०८२ शनिबार | १७:२२:४४
विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम लुम्बिनीविरुद्ध वाटको अर्धशतक, कर्णालीले पूरा गर्यो एक सय रन लुम्बिनीविरुद्ध कर्णालीको आक्रमक सुरुआत लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य काठमाडौंको शीर्ष क्रम धरासायी, पावरप्लेमा जोड्यो मात्र २२ रन काठमाडौंविरुद्ध बलिङ गर्दै विराटनगर साग स्वर्णधारी सन्तोषी र राजनलाई गरिमा दौडको उपाधि लुम्बिनीविरुद्ध कर्णालीको रवाफिलो जित एनपिएल सिजन २ को पहिलो शतक वाटको नाम लुम्बिनीविरुद्ध वाटको अर्धशतक, कर्णालीले पूरा गर्यो एक सय रन लुम्बिनीविरुद्ध कर्णालीको आक्रमक सुरुआत लुम्बिनीले कर्णालीलाई दियो १५७ रनको लक्ष्य एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै

विराटनगरलाई काठमाडौंको मध्यम लक्ष्य

काठमाडौं । शीर्षक्रमका ब्याटर धरासायी बनेपछि मध्यक्रमका ब्याटर मोहम्मद आदिल आलमले अन्तिम ओभरतिर आक्रमक ब्याटिङ गर्दा नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्ससामू काठमाडौं गोर्खाजले १३६ रनको मध्यम लक्ष्य प्रस्तुत गर्न सफल भएको छ ।

प्रतियोगिताको छैटौं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरको समाप्तिमा ६ विकेट गुमाउँदै मात्र १३५ रन बनाउन सक्यो ।

काठमाडौंका लागि आलमले २५ बलमा चार चौका र दुई छक्कासहित ४८ रनको अविजित पारी खेले । त्यस्तै स्कोरबोर्डमा एक रन पनि जोड्न नपाउँदै ओपनर आकाश त्रिपाठीलाई गुमाएको काठमाडौंका लागि अर्का ओपनर बेन चाल्र्सवर्थले ३२ रनको योगदान गरे ।

विराटनगरका लागि मार्सेन्ट डि ल्याङले दुई विकेट लिए । त्यस्तै शुभम रन्जाने, सुर्य तामाङ र सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो ।

विराटनगरको कसिलो बलिङले ब्याटरलाई गाह्रो बनाउँदा पावरप्लेमा काठमाडौंले तीन विकेटको क्षतिमा मात्र २२ रन जोड्न सक्यो ।

पहिलो ओभरका सुरुआती पाँच बल डट फालेका मार्सेन्ट डि ल्याङले पाँचौं बलमा ओपनर आकाश त्रिपाठीलाई पवेलियनको बाटो देखाए । त्रिपाठी कप्तान सन्दीप लामिछानेबाट क्याच भए । तेस्रो ओभरको दोस्रो बलमा रिकार्डो भास्केनसेलोस सुर्य तामाङको थ्रोमा विकेटकिपर लोकेश बमबाट रनआउट भए । स्कोरबोर्डमा १३ रन हुँदा चौथो नम्बरका ब्याटर प्रतीक श्रेष्ठ पनि डि ल्याङको शिकार बने । उनी लोकेशबाट क्याच भए ।

नवौं ओभरको पहिलो बलमा जेरार्ड इरास्मसलाई सुर्य तामाङले आफ्नै बलमा क्याच गरे । त्यसपछि चाल्सवर्थलाई साथ दिन आएका सन्तोष यादवले पारी उकास्ने प्रयास गरे । जसमा उनी केही हदसम्म सफल पनि भए ।

१३औं ओभके पाँचौं बलमा शुभम रन्जानेले चाल्सवर्थको विकेट लिए । त्यसपछि आएका मोहम्मद आदिल आलमले सन्तोषसँग मिलेर छैटौं विकेटका लागि ४५ रनको साझेदारी गरे । १८औं ओभरको पाँचौं बलमा सन्तोष सन्दीप लामिछानेको बलमा जर्ज मुन्सेबाट क्याच भए । यसबीच १८औं आभेरको चौथो बलमा काठमाडौंले एक सय रनको आँकडा पूरा गर्यो ।
दुई पटक जीवनदान पाएका आदिल आलम अन्तिम ओभरसम्म टिके । जोन सिम्पसनसँग मिलेर उनले ३३ रनको साझेदारी गरे । आदिलले १४औं ओभरको तेस्रो बलमा पहिलो जीवनदान पाएका थिए । जतिबेला उनी पाँच रनमा ब्याटिङ गरिरहेका थिए । त्यसपछि १८औं ओभरको दोस्रो बलमा पुनः उनको क्याच विराटनगरले ड्रप गरेको थियो ।

दुबै टोली दोस्रो जितको लक्ष्यमा छ । आफ्नो पहिलो खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ५३ रनको सानदार जित हासिल गरेका थियो ।

पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनको पराजय बेहोरेको काठमाडौंले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो ।
 


भिडियो
KARNALI YAKS सँग पराजित भएपछि LUMBINI LIONS का MENTOR SHAKTI GAUCHAN II NPL II आफ्नै गल्तीले हार्यौं
THREE NATIONS CUP जितेर फर्कन्छौं । Renuka Nagarkote
THREE NATIONS CUP मा SAMBA नहुँदा ARGENTINA मा MESSI र PORTUGALमा RONALDO नभएजस्तै हो Nabin Neupane
दुई खेल हारेपछि अब हाम्रो लागि NPL नकआउट प्रतियोगिताजस्तै भएको छ ।I Rajiv Kumar II POKHARA AVENGERS
NPLमा राम्रो गरेपछि विश्वकपमा परिन्छ, त्यही भएर राम्रो गरिरहेको छु HEMANTA DHAMI SUDURPASCHIM | NPL
LIVE II SUDURPASCHIM ROYALS का FANS II सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL