मंसिर ६, २०८२ शनिबार | ०६:०५:५३
एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर पोखरालाई सुदूरपश्चिमको विशाल लक्ष्य पोखराविरुद्ध ब्राउनको अर्धशतक सुदूरपश्चिमको सानदार सुरुआत सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै पाेखरा एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर पोखरालाई सुदूरपश्चिमको विशाल लक्ष्य पोखराविरुद्ध ब्राउनको अर्धशतक सुदूरपश्चिमको सानदार सुरुआत सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै पाेखरा

एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै

काठमाडौं । नेपालले एएफसी यु–१७ एसियन कप छनोटको पहिलो खेलमा शनिबार सिरियासँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।

मुख्य प्रशिक्षक सञ्जित सिंहको नेतृत्वमा रहेको नेपाली टोलीले गत सेप्टेम्बर श्रीलंकाको कोलम्बोमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा सहभागिता जनाएको थियो ।

श्रीलंका भ्रमण गर्ने टोलीमा चार खेलाडी फेरिएका छन् । मिडफिल्डरद्धय प्रशान्त मेन्याङ्बो र कृष्ट भण्डारी, फरवार्ड रोहित श्रेष्ठ र रक्षक धिरज रावल एएफसी खेल्ने टोलीमा छैनन् । यी खेलाडीलाई फरवार्ड पेम्बा तामाङ, विंगर सञ्जय हेम्रन, मिडफिल्डर लक्ष्मण थामी र रक्षक विरेन्द्र मल्लले प्रतिस्थापन गरेका छन् ।

साफ च्याम्पियनसिपपछि टोली दशैं र तिहारको छुट्टीमा बसेको थियो । साफ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणमा बसेका ३५ र त्यसमा केही खेलाडीलाई थप्दै सिंहको नेतृत्वमा रहेको प्रशिक्षण टोली एएफसीको तयारीमा जुटेको थियो । तीन साताको प्रशिक्षणपछि टोली म्यानमार प्रस्थान गरेको हो ।

‘हामीले प्रशिक्षणका दौरान श्रीलंकामा देखिएका कमि-कमजोरीलाई सच्याएका छौं । त्यसमा काम गरेका छौं,’ म्यानमार प्रस्थान गर्नुअघि बिदाई कार्यक्रममा सिंहले बताएका थिए ।

श्रीलंकामा नेपालले सेमिफाइनल गरेर कूल तीन खेल खेलेको थियो । समूह चरणको पहिलो खेलमा घरेलु टोलीलाई २-० ले हराएको नेपालले त्यसपछि बंगलादेशसँग ४-० को फराकिलो हार बेहोरेको थियो । सेमिफाइनलमा भारतले नेपालको पोस्टमा तीन गोल गरेको थियो । जवाफमा नेपालले एक गोल पनि फर्काउन सकेन ।

यसपाली प्रशिक्षण समय पर्याप्त पाएकाले टोलीको प्रदर्शन राम्रो हुने कप्तान प्रशान्त मोक्तान दाबी गर्छन् । उनी भन्छन्,‘साफ च्याम्पियनसिप खेलेर आइसकेपछि हामीले पर्याप्त प्रशिक्षण समय पायौं । समग्रमा हाम्रो टोली पहिलेको भन्दा बलियो छ । छनोट प्रतियोगितामा राम्रो फाइट दिन्छौं ।’

प्रशान्तका लागि तल्लो उमेर समूहमा यो पाँचौं प्रतियोगिता हुनेछ । माथिल्लो उमेर समूहमा पनि नेपालको प्रतिनिधित्व गरिसकेका प्रशान्त यसै वर्ष भारतमा सम्पन्न साफ यु-१९ च्याम्पियनसिपमा उर्जन श्रेष्ठको नेतृत्वमा रहेको टोलीका प्रमुख खेलाडी थिए ।

प्रशान्तसँगै रक्षक भुवन कामी र गोलकिपर पेम्बा नुर्बु भोटेका लागि तल्लो उमेर समूहमा यो पाँचौं अनुभव हुनेछ । प्रशान्त, भुवन र पेम्बासँगै दिग्विजय शाही, राम बोहरा र भुवन कामीका लागि यो लगातार दोस्रो एएफसी अनुभव हुनेछ । यी खेलाडी गत वर्ष कतारमा भएको यु-१७ एसियन कप छनोटमा पनि टोलीमा थिए ।

त्यतिबेला सनोज श्रेष्ठको नेतृत्वमा रहेको टोलीले घरेलु टोलीसँगै जापान र मंगोलियासँग प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा नेपालले एक खेल पनि जित्न सकेको थिएन । खेल जित्न नसके पनि कतार भ्रमणबाट धेरै कुरा सिक्ने अवसर मिलेको भुवनले प्रतिक्रिया दिए ।

‘हामीले गत सिजन कतार र जापान जस्ता बलिया टोलीसँग खेल्यौं । खेल हारेपनि त्यहाँबाट धेरै कुराहरु सिक्यौं । हामी के कुरामा पछि रहेछौं भन्ने बुझ्यौं । त्यो कुराले यसपाली केही सहज अवश्य पनि बनाउनेछ,’ भुवनले भने ।

यसपाली समूह ‘जी’मा रहेको नेपालले सिरियापछि ओमान, अफगानिस्तान र घरेलु टोली म्यानमारसँग खेल्ने तालिका छ । समूह विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एसियन कपको २१औं संस्करणका लागि छनोट हुनेछ ।

नेपाली टोलीः
गोलकिपरः पेम्बा नोर्बु भोटे, राम बोहरा, विशेष बानियाँ

रक्षकः प्रशान्त मोक्तान (कप्तान), दीपेन कार्की, वीरेन्द्र मल्ल, अदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया, अनोज खड्का

मिडफिल्डरः सञ्जय हेम्रन, लक्ष्मण थामी, राम थामी, प्रतीश थापामगर, भुपेश लामा, नसिब हेम्जन, सुशन मगर, सुजन स्याङ्ताङ

फरवार्डः समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ, पेम्बा तामाङ

 


भिडियो
दुई खेल हारेपछि अब हाम्रो लागि NPL नकआउट प्रतियोगिताजस्तै भएको छ ।I Rajiv Kumar II POKHARA AVENGERS
NPLमा राम्रो गरेपछि विश्वकपमा परिन्छ, त्यही भएर राम्रो गरिरहेको छु HEMANTA DHAMI SUDURPASCHIM | NPL
LIVE II SUDURPASCHIM ROYALS का FANS II सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2