मंसिर ६, २०८२ शनिबार | ०६:०७:१७
एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर पोखरालाई सुदूरपश्चिमको विशाल लक्ष्य पोखराविरुद्ध ब्राउनको अर्धशतक सुदूरपश्चिमको सानदार सुरुआत सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै पाेखरा एएफसी यु-१७ एसियन कप छनोटः नेपाल र सिरिया भिड्दै एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा सुदूरपश्चिम शीर्ष स्थानमा उक्लियो, पोखराको लगातार दोस्रो हार लगातार दोस्रो खेलमा अर्धशतक बनाउँदै भुर्तेल पवेलियन फर्किए पोखराको शीर्षक्रम धरासायी जनकपुर बोल्टसलाई रमपमको साथ निरन्तर पोखरालाई सुदूरपश्चिमको विशाल लक्ष्य पोखराविरुद्ध ब्राउनको अर्धशतक सुदूरपश्चिमको सानदार सुरुआत सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै पाेखरा

एनपिएलमा आज दुई खेलः तीन टोली दोस्रो जितको लक्ष्यमा

काठमाडौं । शनिबार नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा दुई खेल हुँदैछन् । चारमध्ये तीन टोली दोस्रो जितको लक्ष्यमा हुनेछन् ।

दिनको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सको सामना गर्नेछ । सोमपाल कामी मार्की रहेको टोलीले पहिलो खेलमा मंगलबार चितवन राईनोजििवरुद्ध चार विकेटको हार बेहोरेको थियो । उता लुम्बिनीले बिहीबार चितवनलाई नै हराएर प्रतियोगिताको सुखद सुरुआत गर्यो ।

अघिल्लो सिजन कर्णालीले लुम्बिनीमाथि ५ रनको रोमाञ्चक जित हासिल गरेको थियो । रोहित पौडेल मार्की रहेको लुम्बिनीले १२८ रनको सामान्य लक्ष्य पछ्याउन सकेको थिएन । लुम्बिनीलाई शनिबार कर्णालीसँग बदला लिने अवसर छ । यो खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

दिनको दोस्रो खेलमा विराटनगर किंग्सले काठमाडौं गोर्खाजसँग खेल्नेछ । मंगलबार पहिलो खेलमा विराटनगरले सबैभन्दा धेरै योगफल खडा गर्ने आफ्नै कीर्तिमानलाई भंग गरेको थियो । पोखरा एभेन्जर्सविरुद्ध २२१ रनको लक्ष्य प्रस्तुत गरेको विराटनगर पछि ५३ रनले विजयी रह्यो । विराटनगर यही लयलाई कायम राख्न चाहन्छ ।

काठमाडौंका लागि यो तेस्रो खेल हो । पछिल्लो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रनले हारेको काठमाडौंले उद्घाटन खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको थियो । अघिल्लो सिजन यी दुईबीचको खेल पनि रोमाञ्चक भएको थियो । ११८ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले एक विकेटको जित हासिल गरेको थियो । विराटनगरलाई शनिबार त्यो नमिठो हारको बदला लिने अवसर छ । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
 


भिडियो
दुई खेल हारेपछि अब हाम्रो लागि NPL नकआउट प्रतियोगिताजस्तै भएको छ ।I Rajiv Kumar II POKHARA AVENGERS
NPLमा राम्रो गरेपछि विश्वकपमा परिन्छ, त्यही भएर राम्रो गरिरहेको छु HEMANTA DHAMI SUDURPASCHIM | NPL
LIVE II SUDURPASCHIM ROYALS का FANS II सुदूरपश्चिम भोकाएको बाघ हो, सिकारलाई झम्टेर ट्रफी लग्छ II NPL
NPL को पहिलो खेलमा CHITWAN RHINOS लाई हराएपछि LUMBINI LIONS का कप्तान ROHIT PAUDEL
लुम्बिनी लायन्स सँग हारेपछि अम्पायरको निर्णयमा के भने चितवनका इङ्लिस ब्याटर RABI BOPARA ले ? NPL 2
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2