मंसिर ४, २०८२ बिहीबार | १२:१८:१३
उदीयमान रक्षक अश्विन पनि अस्ट्रेलिया पलायन नेपाल फिफा वरीयतामा खस्कियो एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट उदीयमान रक्षक अश्विन पनि अस्ट्रेलिया पलायन नेपाल फिफा वरीयतामा खस्कियो एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट

उदीयमान रक्षक अश्विन पनि अस्ट्रेलिया पलायन

काठमाडौं । उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका उदीयमान रक्षक अश्विन घोरासैनी, (र्याकी) सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भएका छन् ।

आइतबार अश्विनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत आफू अस्ट्रेलिया प्रस्थान गरेको जानकारी गराएका हुन् ।

गत मंगलबार मात्र हेटौडामा काँक्रे बिहार युथ क्लबबाट एन्फा प्रेसिडेन्ट लिगको सेमिफाइनल खेल खेलेका अश्विनले तीन दिनपछि अस्ट्रेलियालाई आफ्नो नयाँ गन्तव्य बनाएका हुन् ।

श्रीलंकाको कोलम्बोमा सम्पन्न साफ यु–१७ च्याम्पियनसिप २०२२ देखि निरन्तर उमेर समूहको अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै आएका अश्विनले गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लबको जर्सी लगाएका थिए । अश्विन टोलीका कप्तान थिए ।

शीर्ष डिभिजन लिगको अनुभव लिन बाँकी रहेका अश्विनले त्यसअघि २०२१ मा सानो गौचरन र २०२२ मा सानेपाबाट ‘सी’ डिभिजन लिग खेलेका थिए । यसबीच उनले मोफसलका प्रतियोगितामा मनाङ मर्स्याङ्दीबाट पनि खेले ।

श्रीलंकापछि भियतनाममा भएको एएफसी यु–१७ एसियन कप छनोट, घरमै भएको साफ यु–१९ र यु–२० च्याम्पियनसिप र चाइनिज ताइपेईमा सम्पन्न एएफसी यु–२० एसियन कप छनोटमा अश्विनले राष्ट्रको प्रतिनिधित्व गरे ।

नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करण अश्विन च्याम्पियन टोली ललितपुर सिटी एफसीका सदस्य थिए ।

घरेलु फुटबल शुन्यको स्थितिमा पुग्दा नेपाली खेलाडी सुनौलो भविष्यको खोजीमा विदेशीन बाध्य भइरहेका छन् । दुई महिनाअघि अश्विनका यु-२० सहकर्मी जियारथ सेख पनि अस्ट्रेलिया पलायन भएका थिए ।

यो पनिः https://kheladi.com/football/22119


भिडियो
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो