काठमाडौं । सन् २०१० को च्याम्पियन स्पेन लगातार १३औं तथा समग्रमा १६औं पटक फिफा विश्वकपका लागि छनोट भएको छ ।
युरोपियन छनोटमा मंगलबार टर्कीसँग २-२ को बराबरीमा रोकिए पनि स्पेनले विश्वकप यात्रा तय गरेको हो ।
यो नतिजासँगै ६ मा १६ अंक जोडेको स्पेन समूह ‘इ’ को शीर्ष स्थानमा रह्यो ।
ला कार्तुजा रंगशालामा घरेलस टोली स्पेनाका लागि ड्यानी ओल्मो र माइकल ओयार्जबलले गोल गरे । टर्कीका लागि डेनिज गुल र सालिह ओज्कानले गोल गरे ।
खेलको चौथो मिनेटमै ओल्मोको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । ४२औं मिनेटमा गुलले टर्कीलाई बराबरीमा ल्याए ।
ओज्कानले ५४औं मिनेटमा गोल गर्दा टर्की २-१ ले अगाडि बढ्यो । आठ मिनेटपछि नै ओयार्जबलले स्पेनलाई २-२ काे बराबरीमा ल्याए ।
त्यसपछि थप गोल निस्कन नसक्दा दुवै टोली अंक बाँड्न बाध्य बने ।
स्पेनले सन् १९७८ यताका सबै फिफा विश्वपकमा स्थान बनाएको छ ।
