मंसिर ४, २०८२ बिहीबार | ०७:०७:२८
एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै 'अल्ट्रा ट्रेल रन'मा भाग लिन तामाङ अस्ट्रेलिया जाँदै

एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा लुम्बिनी लायन्सले बिहीबार आफ्नो पहिलो खेल खेल्दैछ । दिउँसो ४ बजे हुने खेलमा लुम्बिनीले यसअघि आफ्नो पहिलो खेलमा जित हसिल गरिसकेको चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ ।

चितवनविरुद्ध मैदानमा उत्रिरहँदा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल मार्की रहेको लुम्बिनी लायन्स सुखद सुरुआतको दबाबमा हुनेछ ।

पहिलो सिजन लुम्बिनी अंकतालिकाको पुछारमा रह्यो । कूल ७ खेलमध्ये मात्र एकमा जित निकालेको लुम्बिनीले सुरुआती चार खेलमा पराजय बेहोरेको थियो । त्यसैले लुम्बिनी यसपाली जितबाट प्रतियोगिताको सुरुआत गर्न चाहन्छ । हारको लयले निरन्तरता पाउने कुराले लुम्बिनीलाई अवश्य पनि पिरोलेको छ ।

पाँचौं खेलमा लुम्बिनीले चितवनमाथि ३३ रनको सानदार जित हासिल गर्यो । त्यसपछिका तीन खेलमा फेरि नतिजा लुम्बिनीको पक्षमा आएन । त्यही चितवनसँग खेल्दै लुम्बिनीले सिजन २ को सुरुआत गर्नेछ । एकहिसाबमा लुम्बिनीलाई प्रतियोगिताको सुखद सुरुआत गर्ने अवसर पनि हो । कम्तिमा लुम्बिनीलाई चितवनविरुद्ध ‘हेड टु हेड’को डर रहने छैन ।

गत सिजन अंकतालिकाको तेस्रो स्थानमा रहँदै प्लेअफमा पुगेको चितवन बिहीबार लुम्बिनीविरुद्ध अवश्य पनि सतर्क रहनेछ । विशेषगरि कप्तान रोहितसँग । किनभने रोहितले चितवनविरुद्ध एनपिएल सिजन १ कै व्यक्तिगत सानदार प्रदर्शन गरेका थिए । सुरुआती ब्याटिङ गरेको लुम्बिनीका लागि रोहितले ८० रनको पारी खेले । त्यसपछि चार ओभर बलिङमा चार विकेट पनि लिए ।

लुम्बिनीले नयाँ प्रशिक्षकका रूपमा भारतका टिनु योहान्ननलाई नियुक्त गरेको छ । पहिलो सिजनमा भारतकै नन्दन फडनिसले मुख्य प्रशिक्षकको हैसियतमा लुम्बिनीको नेतृत्व गरेका थिए ।

कर्णाली याक्सविरुद्ध चितवन राइनोज, तस्विरः सरोज सापकोटा/खेलाडी ।

यसपालि भारतकै रोबिन सिंहले मेन्टरका रूपमा टोलीलाई सफलताको बाटोमा डोर्याउने जिम्मेवारी लिएका छन् । गत सिजनको कमजोर उपस्थितिबाट तर्सेका कारण लुम्बिनीले यसपालि फेरि खराब प्रदर्शन नदोहोरियोस भनेर तयारीमा कुनै कसर बाँकी राखेको छैन ।

लुम्बिनीले सन्दीप जोरा, तिलकराज भण्डारी, दिनेश अधिकारी र अविनाश गौतमलाई दोस्रो सिजनका लागि पनि निरन्तरता दिएको छ ।

टोलीले रिटेन गरे पनि अलराउन्डर विवेकुमार यादव भने यस पटक उपलब्ध हुने छैनन् । उनी चोटको शल्यक्रियापछि आराम गरिहेका छन् । विवेकको स्थानमा सुमित महर्जनलाई भित्र्याइएको छ । गत सिजन सुमितले काठमाडौंबाट खेलेका थिए ।

टोलीले अक्सनबाट दिलीप नाथ, शेर मल्ल, विशाल पटेल, दुर्गेश गुप्ता र आदिल खानलाई अनुबन्ध गरेको थियो ।

६ विदेशी खेलाडी भित्र्याउन पाउने नियम भए पनि लुम्बिनीले अहिलेसम्म चार जनामात्र अन्तर्राष्ट्रिय खेलाडी अनुबन्ध गरेको छ । विदेशी खेलाडीका रूपमा अस्ट्रेलियाका डार्सी शर्ट, इटालीका थोमस ड्राका, नामिबियाका जोहानस जोनाथन स्मिथ र अफगानिस्तानका गुलबद्दिन नैबसँग टोलीले सम्झौता गरेको छ ।

पहिलो सिजन तीन अर्धशतकसहित २८६ रन बनाएका रवी भोपाराले चितवनका लागि मंगलबार कर्णाली याक्सविरुद्ध अर्को अर्धशतकीय पारी खेले । यसपाली पनि चितवनको ब्याटिङ उनकै भरमा हुने अनुमान गरिएको छ । कर्णालीविरुद्ध सस्तैमा आउट भएका डेविड मलान र ३८ रन बनाएका सेफ जैब चितवनका प्रमुख खेलाडी हुन् । गत सिजन सुदू्ररपश्चिम रोयल्सबाट खेलेका जैब २७५ रनका साथ सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए ।


भिडियो
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो