काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको फिफा वरीयता खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली टोली दुई स्थान तल झरेको हो । हाल नेपाल १८२औं स्थानमा छ ।
नेपालले भर्खरै दुई अन्तर्राष्ट्रिय फुटबल खेलेको थियो । दुवै खेलमा नेपालले जित हासिल गर्न सकेन। बंगादेशविरुद्धको मैत्रीपूर्ण खेलमा २२ को र बराबरी खेलेको नेपालले एएफसी एसियन कप छनोट प्रतियोगिताको तेस्रो चरणको खेलमा मलेसियासँग १ ० को पराजय बेहोरेको थियो ।
दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ । ६ स्थान तल झरेको भारत १४२ औं स्थानमा छ ।
यसैगरी माल्दिभ्स १७३, वंगलादेश १८०, भुटान १९२, श्रीलंका १९४ र पाकिस्तान १९९औं स्थानमा छन् ,
स्पेन वरीयताको शीर्ष स्थानमा छ । त्यस्तै अर्जेन्टिना, फ्रान्स, इङ्ल्यान्ड, ब्राजिल, पोर्चुगल नेदरल्यान्ड्स, बेल्जियम, जर्मनी र क्रोएसिया क्रमशः दोस्रो देखि १०औं स्थानमा छन् , स्थानमा छन् ।
