मंसिर ४, २०८२ बिहीबार | १४:२९:१४
धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने उदीयमान रक्षक अश्विन पनि अस्ट्रेलिया पलायन नेपाल फिफा वरीयतामा खस्कियो एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने उदीयमान रक्षक अश्विन पनि अस्ट्रेलिया पलायन नेपाल फिफा वरीयतामा खस्कियो एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट

धर्ना कार्यक्रमको निश्कर्षः ७ गते एन्फा, क्लब र खेलाडीको संयुक्त बैठक हुने

काठमाडौं । सबैखाले फुटबल सुनिश्चिताका लागि भएको क्लबहरुको धर्ना कार्यक्रम कार्तिक ७ गते संयुक्त बैठकको निश्कर्षमा टुंगिएको छ ।

बिहीबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) गेटअगाडि शीर्ष डिभिजनका क्लबरु एन्फाविरुद्ध धर्ना बसेका थिए । करिब एक घण्टाको धर्नापछि मुख्यालयमा एन्फा पदाधिकारी र क्लबका पदाधिकारीबीच छलफल भएको थियो । त्यस छलफलबाट यही आइतबार तीन पक्ष (एन्फा, क्लब र खेलाडी)बीच संयुक्त बैठक बस्ने निश्कर्ष निस्किएको एन्फाका पूर्व अध्यक्ष एवं हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्मछिरिङ शेर्पाले खेलाडी डटकमलाई जानकारी गराए ।

एफसी र एन्फा क्लब लाइसेन्सिङ पूरा गर, लिगको चक्र एक वर्षमा पूरा गर्ने कि चार वर्ष लगाउने, ८५३ दिनदेखि लिग कसको कारणले रोकियो ?, क्लबको लगानीलाई बेवास्ता नगरौं लगायत माग उल्लेख गरिएको कागजी प्याम्पलेटसहित क्लबहरुले धर्ना कार्यक्रम सम्पन्न गरेका थिए ।

धर्ना कार्यक्रममा क्लबका पदाधिकारीसँगै फुटबलका अन्य सरोकारवाला र प्रशिक्षकहरुले ऐक्यबद्धता जनाएका थिए । कार्यक्रममा करिब तीन सय जनाको उपस्थिति थियो । त्यसपछि एन्फाले असन्तुष्ट पक्षलाई वार्ताका लागि मुख्यालयमा बोलाएको थियो ।                                                                                                                                               एन्फा र क्लबबीच गत कार्तिक १७ गते बसेको बैठकबाट यो वर्ष शीर्ष डिभिजन लिगको साट्टो राष्ट्रिय लिग गर्ने सहमती जुटेको थियो ।

जसको विरोधस्वरुप कार्तिक २० गते खेलाडीहरु सडकमा उत्रिएका थिए । आन्दोलनलाई जेन्जी युवा, तथा पूर्व खेलाडी र प्रशिक्षकहरुले पनि साथ दिएका थिए ।

१५ दिनपछि क्लबहरुले फुटबलको सुनिश्चिताका लागि आफूहरु पनि सडक संघर्षमा उत्रिनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाउँदै धर्ना कार्यक्रम गर्ने निर्णय गरेको हो ।

खेलाडी संघको आन्दोलन र फुटबल बेतिथिको चौतर्फी आलोचनापछि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले एन्फा पदाधिकारी र शीर्ष डिभिजन क्लबहरुसँग गत कार्तिक २५ गते छलफल गरेका थिए । उक्त छलफलबाट त्यही मितिबाट १२० दिनभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको थियो ।

सिंहदरबारस्थित मन्त्रालयमा एन्फाले ‘ए’ डिभिजन लिग फागुन अन्तिम सातादेखि गर्ने प्रस्ताव अघि सारेको थियो । यसका लागि मन्त्री आफैले एन्फालाई लिगको मिति प्रस्ताव गर्न आग्रह गरेका थिए ।

त्यसको केही दिनपछि गुप्ताले क्लब र एन्फा तथा खेलाडीहरुसँग संयुक्त तथा छुट्टाछुट्टै छलफल गरेका थिए । उक्त छलफलमा क्लबहरुले पुनः आफ्नो मागलाई मन्त्रीसमक्ष राखेका थिए ।


भिडियो
JAGAT TAMATA || DIPENDRA र HARMEET लाई पूरा २० ओभर खेलेर आउनु भनेर पठाएको थिएँ || SUDURPASCHIM | NPL
MONTY DESAI II पहिला HARMEET SINGH बलर मात्र थिए, अहिले उनी राम्रो फिनिसर भएका छन् II NPL2
फुटबलमा लिग विवादः अब क्लब पनि भोलिदेखि सडक संघर्षमा उत्रिने II KARMA TSHIRING SHERPA II ANFA
BIRATNAGAR KINGS का CAPTAIN SANDEEP LAMICHHANE II LOKESH BAM को BEST PERFORMANCE आउन अझै बाँकी छ I
‘२२१ रन Chaseable नै थियो । तर, केटाहरु Nervous भए : KUSHAL BHURTEL - CAPTAIN, POKHARA AVENGERS
MALAYSIA सँग खेल्न क्लालालम्पुरस्थित बुकिट जलाल राष्ट्रिय रंगशालामा नेपाली राष्ट्रिय टिम II AFC
MALAYSIA विरुद्धको खेल खेल्न नेपाली राष्ट्रिय टिम BUKIT JALIL NATIONAL STADIUM KUALALAMPUR आइपुग्यो