काठमाडौं । एएफसी यु-१७ एसिनय कप छनोट अन्तर्गत सिरियाविरुद्ध खेल्ने नेपालको पहिलो रोजाई सार्वजनिक भएको छ ।
मुख्य प्रशिक्षक सञ्जित सिंहले रक्षकद्धय दीपेन कार्की र अनोज खड्का अनि स्ट्राइकर निसकुमार श्रेष्ठलाई समेट्दै पहिलो रोजाई तयार पारेका छन् । यी तीन पछिल्लो पटक श्रीलंकाको कोलम्बोमा भएको साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको सेमिफाइनलमा बेन्चमा सीमित थिए ।
दीपेन र अनोजलाई भुवन कामी र कृष्ट भण्डारीको ठाउँमा सिंहले मौका दिएका हुन् । त्यस्तै निसकुमारको ठाउँमा भारतविरुछद्ध दिग्विजय शाहीले खेलेका थिए । दिग्विजय र भुवन बेन्चमा छन् भने कृष्ट यसपाली टोलीमा अटाएका छैनन् ।
सिंहले गोलपोस्टको जिम्मेवारीमा रामबहादुर थापालाई नै निरन्तरता दिएका छन् ।
ययसैगरी रक्षापङ्क्तिमा दीपेन र अनोजसँगै कप्तान प्रशान्त मोक्तान र अनमोल कार्की छन् ।
मिडफिल्डमा निश्चल मगर, राम थामी, सुशन थापामगर र प्रतीश थापामगर छन् । आक्रमणको जिम्मेवारीमा निसकुमारसँगै समीर कुमार छन् ।
म्यानमारको याङ्गुस्थित थुवुन्न रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे सुरु हुनेछ ।
