फाल्गुन १०, २०८२ आइतबार | ००:४६:१५
एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा एन्फा महिला च्याम्पियनसिपः उपाधिका लागि एपिएफ र आर्मी भिड्दै किन पुगेन अस्ट्रेलिया विश्वकपको सुपर एटमा ? भारत–पाक क्रिकेट राजनीतिक स्टन्टमै सीमित सुपर एटमा पुगेका टिम कस्ता ? जिम्बाब्वे अपराजित रहँदै सुपर आठमा दीपेन्द्रले जय ट्रफी नखेल्ने वेस्ट इण्डिज अपराजित रहँदै सुपर आठमा विश्वकपका लागि १२ टोली छनोट आयोजक साहरा आहा रारा पोखरा गोल्डकपको फाइनलमा विश्वकपको सुपर आठ समिकरण पूरा
शनिबारको दिन

फुटबल विश्वकपमा को पुगे, को पुग्न सकेनन् ?

काठमाडौं । जतिबेला फुटबलको विश्वकप छनोटबारे कुरा हुन्छ, त्यही बेला एउटा कुरा दोहोर्याएर भनिन्छ, विश्वकप जित्नु जत्तिकै गाह्रो छ यसमा छनोट हुनु ।

पूरा छनोट प्रक्रिया लामो समय चल्छ । यो आफैंमा जटिल पनि छ । सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा विश्वकप हुँदै छ । त्यसको छनोट प्रक्रिया अहिले क्लाइमेक्समा छ भन्दा हुन्छ । त्यसैले छनोटले सबैको ध्यान पनि तानिरहेको छ ।अबको विश्वकपको सबैभन्दा ठूलो विशेषता हो, यसमा ४८ देशले खेल्नेछन् । त्यसमध्ये ४३ देश छनोट भइसकेका छन् । ती भाग्यमानी नै रहे । ती देशले विश्वकप छनोटको उपलब्धिलाई ठूलो मानेर खुसीयाली पनि मनाए । अब छनोट हुन बाँकी भनेको ८ देश मात्र छन् । विश्वकप सुरु हुन तीन महिना बाँकी छँदा मात्र सबै छनोट प्रक्रिया पूरा हुनेछ । विश्वकप सुरु हुन भने सात महिना बाँकी छ ।

नेपालसम्मिलित क्षेत्र एसियाबाट छनोट हुनेमा अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्वेकिस्तान छन् ।

अब सबैभन्दा पहिले छनोट भएका देशकै नाममा जाऔं । त्यसमा विश्व फुटबलकै महाशक्ति देश पनि छन् । कतिपय त्यस्ता देश छन्, जसको नाम धेरैका लागि पहिलो पटक नै सुनिएको हुनेछ ।

अमेरिका, क्यानडा र मेक्सिको त्यस्ता तीन देश रहे, जो आयोजकका रूपमा स्वतः छनोट भएका छन् । अब अफ्रिकातिर जाऔं, त्यहाँबाट छनोट भएका देश हुन् अल्जेरिया, केप भार्डे, इजिप्ट, घाना, आइभरी कोस्ट, मोरक्को, सेनेगल, दक्षिण अफ्रिका र ट्युनिसिया ।

इटाली पनि अहिलेसम्म छनोट भइसकेको छैन, तर उसको युरोपेली प्लेअफमा चुनौती भने बाँकी छ ।

नेपालसम्मिलित क्षेत्र एसियाबाट छनोट हुनेमा अस्ट्रेलिया, इरान, जापान, जोर्डन, कतार, साउदी अरेबिया, दक्षिण कोरिया र उज्वेकिस्तान छन् ।

युरोपबाट छनोट भएकामा अस्ट्रिया, बेल्जियम, क्रोएसिया, इङ्ल्यान्ड, फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, स्कटल्यान्ड, स्पेन र स्विटजरल्यान्ड छन् । ओसियानाको प्रतिनिधित्व गर्दै खेल्ने एकै देशको निर्णय भएको छ । त्यो न्युजिल्यान्ड हो ।

उत्तर अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँगै ब्राजिल, कोलम्बिया, इक्वेडर, पाराग्वे, उरुग्वे, क्युरासाओ, पानामा र हाइटीले अबको विश्वकप खेल्नेछन् । त्यसमध्ये धेरैले क्युरासाओको नामै नसुनेको हुनुपर्छ । सुनेको भए पनि नाम लिन गाह्रो छ । यो चाहिँ विश्वकपमा छनोट हुने अहिलेसम्मकै सबैभन्दा सानो देश भयो, यसको जनसंख्या नै एक लाख ५६ हजार मात्रै छ । अब युरोपबाट स्वतः छनोट हुने चार टिम हुनेछन् । त्यसपछि अन्तरमहादेशीय छनोट हुनेछ ।

अब त्यस्ता केही टिमको नाम, जसलाई विश्वकपमा छनोट नहुने बलिया देश मान्न सकिन्छ । त्यसमा नाइजेरिया र चिलीको नाम सबैभन्दा अगाडि आउने छ । यस्तै क्यामरुन, माली, कोस्टारिका, ग्रिस र सर्बिया जस्ता देश पनि छनोट हुन सकेनन् ।

जनसंख्याका आधारमा दुई ठूला देश चीन र भारतको छनोट यात्रा निकै अगाडि नै टुंगिइसकेको छ । इटाली पनि अहिलेसम्म छनोट भइसकेको छैन, तर उसको युरोपेली प्लेअफमा चुनौती भने बाँकी छ । अबको डिसेम्बरतिर प्रतियोगिताको ड्र निकालिने छ ।