काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ मा सुदूरपश्चिम रोयल्सले दिएको १४० रनको मध्यम लक्ष्य पछ्याइरहेको कर्णाली याक्सले खराब सुरुआत गरेको छ ।
प्रतियोगिताको आठौं दिन र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले ब्याटिङ पावरप्लेमा चार विकेट गुमाउँदै मात्र ३३ रन बनाउन सक्यो । सुदूरुपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरिले तीन विकेट लिएका छन् भने हेमन्त धामीले एक विकेट आफ्नो नाममा लेखाएका छन् ।
ओपनर प्रियान्क पन्चाल ‘डक आउट’ गराएका ऐरिले मार्क वाटलाई एलबिडब्लुको शिकार बनाए । लुम्बिनीविरुद्धको पछिल्लो खेलमा शतकीय पारी खेलेका वाटले १० बलमा दुई छक्कासहित १७ रन जोडे ।
लुम्बिनीविरुद्ध वाटसँग दोस्रो विकेटका लागि १२३ रनको साझेदारी गरेका विलियम बसिस्टो तीन रनमा पवेलियन फर्किए । धामीको बलमा बसिस्टो विकेटकिपर विनोद भण्डारीबाट क्याच भए । छैटौं ओभरमा ऐरिले नाजिबुल्लाह जद्रान एलबिडब्लुको शिकार बनाए ।
