एएफसी एसियन कप

आत्मघाती गोलको सहयोगले जोर्डन सेमिफाइनलमा

काठमाडौं । आत्मघाती उपहार गोलको सहयोगले ताजकिस्तानमाथि १-० को कठिन जित निकाल्दै जोर्डन कतारमा जारी एएफसी एसियन कपको सेमिफाइनल प्रवेश गरेको छ ।

अहमद बिन अली  रंगशालामा शुक्रबार वख्दत खानोनोभबाट प्राप्त उपहार गोल नै जोर्डनको जितमा निर्णायक बन्यो । उनले खेलको ६६ औं मिनेटमा आत्मघाती गोल गर्ने पुगेका थिए ।

जोर्डन इराकलाई ३-२ तथा ताजकिस्तान संयुक्त अरब ईमिरेट्स ( युएई) लाई पेनाल्टी सुटआउटमा ५-३ ले स्तब्ध बनाउँदै क्वार्टरफाइनलमा पुगेका थिए ।