मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता

मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताः एआइएको मिश्रित प्रदर्शन

सांकेतिक तस्बिर

काठमाडौं । अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शुक्रबार मिश्रित प्रदर्शन गरेको छ ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको एआइए जुनियर ब्वाइजमा भने पराजित भयो । सिनियर ब्वाइजमा एआइएले लिभरपुललाई २२-१० ले पराजित गरेको हो । जुनियर ब्वाइजमा स्वप्नवाटिकाले एआइएलाई १८-११ ले हरायो ।

सिनियर ब्वाइजमा स्पाङगलले एसियन पब्लिकलाई २४-११ तथा काठमाडौं जेभियरले स्वप्नवाटिकालाई १९-१४ ले हराए । 
जुनियर ब्वाइजमा सूर्योदयले लिभरपुललाई २४-४, काठमाडौं जेभियरले लिटिल फ्लावरलाई २८-१४ र भद्रघलेलाई १८-८, इनोभेटिभले हेम्सलाई १६-१०, सनसाइनले केइएसलाई २०-६, चैतण्यले अक्षरलाई २०-१५ तथा स्पाङगलले अल्वर्टलाई १७-२ ले पन्छाए ।

सिनियर गल्र्समा भद्रघलेले केइएसलाई ११-७, श्रृजनशीलले स्पाङगललाई ६-३ र सनसाइनले अल्वर्टलाई १९–-२ ले निराश पारे ।

प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजक समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जनाएका छन् । सिनियर ब्वाइज र गर्ल्समा समान १६ तथा जुनियर ब्वाइजमा १८  टोली प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताका खेलहरु मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआइएको कोर्टमा भइरहेको छ । नकआउट चरणका सम्पूर्ण खेलहरु भने एआइएमा खेलाइने छ ।