विशाल श्रेष्ठ

अन्तर्राष्ट्रिय फुटबलबाट विशालको संन्यास

काठमाडौं । गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । विशालले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा शुक्रबार झापा एफसीको खेलपछि  अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने घोषणा गरेका हुन् ।

‘साफ च्याम्पियनसिपकै बेलमा संन्यास धोषणा गर्ने सोचमा थिए । सबैले केही समय कुर भनेपछि रोकिएको थिए,’ विशालले भने,‘ यो नै सहि समय हो भन्ने लागेर संन्यास लिए । किरण दाई ( किरणकुमार लिम्बु) हुनुन्छ , दीप कार्की जस्ता नयाँ किपरहरु पनि तयार भइसकेका छन् । नयाँलाई मौका दिनुपर्छ भन्ने सोचेर संयास लिएको हुँ ।’

करिब एक दशकदेखि राष्ट्रिय टोलीमा पर्दै आएको भए पनि विशालले एक मात्र अन्तर्राष्ट्रिय खेलमा मौका पाए  । गत वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलमार्फत विशालले अन्तर्राष्ट्रिय डेब्यू गरेका थिए ।