समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिता

यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताः प्रिक्वार्टरफाइनल समिकरण पूरा

काठमाडौं । समृद्धि यु-१९ राष्ट्रिय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ प्रिक्वार्टरफाइनल समिकरण पूरा भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा टाइम्स बास्केटबल क्लब, आइएसए नेपाल, गोल्डेन गेट बास्केटबल क्लब, एन्जल्स हार्ट कलेज, ग्रिनफिल्ड कलेज, बूढानीलकण्ठ बास्केटबल क्लब, सिसीआरसी कलेज, कीर्तिपुर बास्केटबल क्लब, समृद्धि स्कुल, ट्रिनिटी कलेज, रोयल बास्केटबल एकेडेमी, स्नोल्यान्ड बास्केटबल एकेडेमी, ह्वाइटहाउस कलेज, योद्धा बास्केटबल क्लब, टाइमआउट नेपाल र भ्याली पब्लिकले प्रिक्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

समृद्धि स्कुलको सहकार्यमा नेपाल बास्केटबल संघद्धारा आयोजित प्रतियोगिताको महिलामा शुक्रबार आइएस नेपाल र बूढानीलकण्ठले जित हात पारे । राउन्ड रोविन लिगमा आइएसए नेपालले गोल्डेन गेटलाई ५४-२४ तथा बूढानीलकण्ठले भ्याली पब्लिकलाई ४५-१९ ले पराजित गरे ।