पिकलबल

नेपालमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने

काठमाडौं । पिकलबल संघ नेपालको आयोजनामा फागुन अन्तिम साता नेपालमा अन्तर्राष्ट्रिय पिकलबल प्रतियोगिता हुने भएको छ।

प्रतियोगिता सातदोबाटोस्थित टेनिस कोर्टमा फागुन २५ र २६ गते आयोजना गरिने शुक्रबार पत्रकार सम्मेलनमार्फत संघले जानकारी दिएको हो ।

प्रतियोगितामा नेपालका २४ सहित, भारत, थाइल्यान्ड, बेलायत, स्पेनका १ सय २० खेलाडीको सहभागिता रहने बताइएको छ।

तीन ३ विधा एमेच्योर, इन्टरमेडिड, एडभान्समा महिला पुरूष १९ वर्ष,३५ वर्ष माथि, ५० वर्ष र ६० वर्ष माथि अलग अलग प्रतिस्पर्धा हुनेछ।

महिला पुरुष सिगंल, डबल्स, मिक्स डबल्समा २ सय १६ पदकको लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा भाग लिने खेलाडीका लागि दर्ता खुला गरिएको‌ आयोजकले जानकारी दिएको छ।

संघका अध्यक्ष मुकुन्द (सौरभं) भण्डारीले चार वर्षअघि पिकलबल सुरु भएपनि‌ कोभिडका कारण सोचे जस्तो विस्तार गर्न नसकिएको बताए । अध्यक्ष भण्डारीले भविष्यमा सगरमाथाको आधार शिविरमा प्रतियोगिताको‌ आयोजना गर्ने योजना रहेको बताए ।

पछिल्लो डेढ वर्षमा खेल्ने सय भन्दा बढि खेलाडी तयार भएको र भविष्यमा खेलाडी बढाउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले जानकारी दिए। पिकलबल सन् १९६५ मा अमेरिकामा सुरु भएको थियो ।

टोलीका संयोजक फत्तेबहादुर खड्काले पिकलबलको विकासले पर्यटन व्यवसायमा टेवा पुग्ने विश्वास लिएको बताए । विशाल मिलन केन्द्रका सचिव लक्ष्मण थापाले समुदायलाई जोड्न पिकलबल सहयोगी हुने विश्वास व्यक्त गरे ।