पुस १५, २०८२ बुधबार | १६:११:२९
विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई विरोधका बाबजुद एन्फाको चुनावी साधारणसभा २८ माघमा गर्ने निर्णय एनभिए च्याम्पियनसिपः एभरेष्टको सान्त्वना जित अर्को साता नेपालमा ट्वान्टी-२० विश्वकपको ‘ट्रफी टुर’ एनभिए च्याम्पियनसिपः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा एन्फा कार्यसमिति बैठकः केन्द्रमा अर्ली इलेक्सनको चर्चा एनभिए च्याम्पियनसिपः अपराजित रहँदै न्यु डायमन्ड सेमिफाइनलमा एनभिए च्याम्पियनसिपः एपिएफविरुद्ध पुलिसको रोमाञ्चक जित ‘म्याजेस्टीक लेक फ्रन्ट’ पल्सर स्पोर्टस अवार्डको अफिसियल होटल साफ यु-१९ महिला च्याम्पियनसिपः नेपालको टचलाइन श्रेष्ठले सम्हाल्ने क्यानोइङका पदक विजेतालाई खेलकुदमन्त्रीको बधाई
शनिबारको दिन नेपाल सुपर लिग

एनएसएलको रोचक प्लेअफ समीकरण

काठमाडौं । बिहीबार नेपाल सुपर लिग(एनएसएल)को दोस्रो संस्करणअन्तर्गत साविक विजेता काठमाडौं रेजर्सले वीरगंज युनाइटेडविरुद्ध अप्रत्याशित ४–१ को हार ब्यहोर्यो । त्यसको अर्को दिन प्लेअफबाट बाहिरिसकेको चितवन एफसीले झापा एफसीलाई २–० ले स्तब्ध पार्यो । यी दुई खेल यस्ता थिए जसले जारी एनएसएलको प्लेअफ समीकरण रोचक बनाइदियो ।

शनिबार लिग चरणका अन्तिम दुई खेल हुँदैछन् । पहिलो खेलमा वीरगंजले एफसी बुटवल लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो खेलमा काठमाडौं र ललितपुर भिड्दैछन् ।

पोखरा थन्डर्स प्लेअफ पुग्ने पहिलो टोली हो । लिगका सबै खेल खेल्दा पोखरा १५ अंक जोड्न सफल भयो । र तालिकाको पहलिो स्थानमा रहँदै क्वालिफायरमा स्थान बनायो । शुक्रबार पोखराले आफ्नो अन्तिम खेलमा साविक उपविजेता धनगढी एफसीसँग १–१ को बराबरी खेलेको थियो । पोखरासँगको नतिजापछि धनगढीले पनि प्लेअफमा स्थान बनायो । अब बाँकी रह्यो दुई टोलीको छिनोफानो । जुन शनिबारका दुई खेलले निर्धारण गर्नेछन् ।

शुक्रबार अञ्जन विष्ट मार्की खेलाडी रहेको झापाले चितवनमाथि जित हासिल गरेको भए झापा १३ अंकका साथ दोस्रो स्थानमा उक्लिन्थ्यो । तर, रफिक अमिनुले दुई हाफमा दुई गोल गरेपछि झापा पराजित हुन पुग्यो । यसबीच अञ्जन पेनाल्टीमा चुकेका थिए । झापाको हारले फाइदा भयो वीरगंजलाई । बिहीबार विलियम ओपेकु ऐइसेडोको ह्याट्रिकमा काठमाडौंलाई हराएपछि वीरगंजले प्लेअफ सम्भावना जीवितै राखेको हो । आफ्नो अन्तिम खेल खेल्नुअघि वीरगंजसँग छ, ८ अंक । बुटवललाई हराए वीरगंजले ११ अंक जोड्नेछ । जसको मतलब उ सोझै प्लेअफमा पुग्नेछ । अनि इलिमिनेटरमा उसको प्रतिद्धन्द्धी हुनेछ, काठमाडौं र ललितपुरमध्ये एक ।

बागमती डर्बीको विजेता प्लेअफमा पुग्ने, ललितपुरलाई क्वालिफायर पुग्ने अवसरकाठमाडौंलाई शनिबार ललितपुरविरुद्ध जितको विकल्प छैन । बराबरीको नतिजाले पनि बाल गोपाल महर्जनको नेतृत्वमा रहेको काठमाडौंको यात्रा टुंगिनेछ । किनभने गोल भिन्नताका आधारमा काठमाडौं झापाभन्दा दुई गोलले पछाडि छ । अहिले काठमाडौं ९ अंकका साथ तालिकाको छैटौं स्थानमा छ । ललितपुरविरुद्धको जितले उसले इलिमिनेटरमा स्थान पक्का गर्नेछ ।

उता काठमाडौंलाई पराजित गरे १३ अंक जोड्दै ललितपुरले पोखरासँगको भेट पक्का गर्नेछ । अर्थात क्वालिफायरमा स्थान बनाउनेछ । बराबरीले पनि ललितपु्रलाई प्लेअफ पुर्याउनेछ । इलिमिनेटरमा पराजित टोली सोझै प्रतियोगिताबाट बाहिरिने भएकाले ललितपुर काठमाडौंलाई हराउने मनसायमा हुनेछ ।

काठमाडौं र वीरगंजले हार ब्यहोरे झापा शीर्ष चारमा अटाउनेशनिबार बुटवलले वीरगंजलाई र ललितपुरले काठमाडौंलाई हराए झापा शीर्ष चारमा अटाउनेछ । त्यसैले पनि झापाका समर्थकलाई शनिबारका खेलहरु खास छन् । बुटवल प्रतियोगितको अन्त्य सुखद होस् भन्ने लक्ष्यका साथ मैदान उत्रिनेछ । हाल बुटवल तालिकाको पुछारमा छ । त्यसैले बुटबवलका लागि शनिबारको खेल प्रतिष्ठाको लडाई पनि हो । वीरगंजले बुटवलको चुनौती पन्छाइरहँदा झापाको आशा एउटै हुनेछ, त्यो हो वीरगंजको हार । खेल दिउँसो १ बजे हुनेछ ।

वीरगंजले खेल हारे पनि झापाले राहतको श्वास फेर्ने छैन । किनभने झापा प्लेअफ पुग्न काठमाडौं पनि पराजित हुन आवश्यक छ । काठमाडौं पराजित भए झापाले कम्तिमा पनि चौंथो स्थानमा रहेर लिग टुंगाउनेछ ।

धनगढीलाई इलिमिनेटर खेल्नुपर्ने डर, पोखरा प्रतिद्धन्द्धी कुर्दैललितपुरले काठमाडौंसँग बराबरी खेलेको खण्डमा धनगढीले क्वालिफायरमा आफ्नो स्थान बनाउनेछ । काठमाडौंको जितले पनि धनगढीलाई फरक पर्नेछैन । उसले नचाहेको एउटै कुरा हो, ललितपुरले बाजी नमारोस् । पोखराले मंगलबार खेल्ने पहिलो क्वालिफायरमा प्रतिद्धन्द्धी को पाउनेछ, त्यो हेर्न रोचक हुनेछ ।