नखिपोट बास्केटबल प्रतियोगिता

नखिपोट बास्केटबलः कीर्तिपुर ‘ए’ विजयी

काठमाडौं । कीर्तिपुर ‘ए’ ले दोश्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको पुरुषमा बिहीबार जित हात पारेको छ ।

कीर्तिपुर ‘ए’ ले बौद्ध ‘बी’ लाई ८८-५३ ले पराजित गरेको हो । कीर्तिपुरका लागि जयदीपले २८ अंक जोडे । कीर्तिपुरको ‘बी’ टिम भने चुक्यो । शंकरदेव क्याम्पसले कीर्तिपुर ‘बी’ लाई ७९-७५ को साँघुरो अन्तरले हरायो । शंकरदेवका सोहिल श्रेष्ठले २३ स्कोर गरे ।

पुरुषमै क्वार्टरफाइनलमा स्थान पक्का गरिसकेका नेपाल आर्मी र टाइम्सले पनि जित निकाले ।
आर्मीले टाइमआउटलाई ९९-७७ ले स्तब्ध बनायो। आर्मीका निकेश मगरले २८ अंक जोडे । टाइम्सले बलर्समाथि १२०-७६ को सहज जित दर्ता गर्यो । टाइम्सका विजय बुर्जाले ३६ अंक बटुले ।