माघ १८, २०८२ आइतबार | २१:४०:०३
त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत त्रिशुलीमा राष्ट्रिय र्यााफ्टिङ तथा क्यानोइङ सुरु काँक्रे बिहारलाई हराउँदै प्लानिङ उक्लियो पाँचौं स्थानमा साफ यु–२० च्याम्पियनसिपका लागि नेपालको प्रारम्भिक टोली घोषणा फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत

सुरुआतमै गोल ब्यहोर्दा दवावमा आयौंः प्रशिक्षक वाडु

काठमाडौं । एफसी चितवनका प्रशिक्षक मेहराजुद्दिन वाडुले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा धनगढी एफसीविरुद्ध सुरुआतमै गो ब्यहोर्दा दवावमा आएको बताएका छन् ।

‘खेल निकै प्रतिस्पर्धात्मक भयो । सुरुमै गोल ब्यहोर्दा दावावमा आयौं । पाएका अवसरलाई सदुपयोग गर्न सकिएन । प्ले अफमा पुग्न अरुको रिजल्टमा भर पर्नुपर्छ । धनगढीको डिफेन्स राम्रो थियो । प्रेसर पनि दिएका थियौं,’वाडुले भने,‘पेनाल्टी सुदुपयोग गर्न नक्सनु खेलको ट्रनिङ प्वाइन्ट रह्यो । विमल राम्रो खेलाडी हो तर मिस भयो । कहिले काँही यस्तो हुन्छ । यो गोल भएको भए, दोस्रो हाफमा खेल फरक हुने थियो । हाम्रो प्रदर्शन नराम्रो थिएन । आगामी खेलमा उत्कृष्ट प्रदर्शन गर्ने प्रयास हुनेछ ।’  

त्रिपुरेश्वस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलको दोस्रो मिनेटमा आफिज ओलावालेले गरेको गोल निर्णायक बनेपछि  धनगढीले चितवनलाई १-० ले पराजित गरेको थियो ।  आफिजले राइट साइडबाट रोहन कार्कीले दिएको पासलाई सदुपयोग गर्दै धनगढीलाई अग्रता दिलाएको थिए ।

पहिलो हाफको पहिलो हाफको इन्जुरी समयमा चितवनले पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेन । आइकोनिक खेलाडी विमल घर्ती मगरको पेनाल्टी प्रहार धनगढीका गोलकिपर टिकेन्द्र थापाले बचाएका थिए ।

भनगढीका प्रशिक्षकयुगलकिशोर राईले योजना अनुसारको प्रदर्शन गरेको बताए ।

‘मैदानमा छिर्नुअघि नै टिम मिटिङले मिहेनत गर्ने भनेका थियौ । त्यो गरेर देखायौं । जित्ने लक्ष्य पूरा भयो,’ राईले भने,‘ सुरुआतमै गरेको गोल जोगाउन गाह्रो हुन्छ । त्यसैले खेलाडी प्रेसरमा पनि थिए ।’ 


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।