एसिया प्यासिफिक भेट्रान टेबल टेनिस

भेट्रान टेबल टेनिसः नेपालका ५ खेलाडी प्रिक्वार्टरफाइनलमा

काठमाडौं । नेपालका ५ खेलाडी थाइल्यान्डको बैंककमा जारी १४ औं एसिया प्यासिफिक भेट्रान टेबल टेनिस प्रतियोगितामा बिहीबार प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पाँचै खेलाडी भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा प्रिक्वार्टरफाइनलमा पुगेका हुन् । निकेशप्रसाद जोशी, शिवसुन्दर गोथे, चन्दन शाही, सुधिर महर्जन र प्रशान्त महर्जनले प्रिक्वार्टरफाइनल यात्रा तय गरे ।