टेबल टेनिस

टेबल टेनिस टोली दक्षिण कोरिया जाँदै

काठमाडौं ।  प्रशिक्षण र प्रतियोगितामा सहभागी हुन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टेबल टेनिस टोली बुधबार दक्षिण कोरिया जाने भएको छ ।

अप्रिल १ देखि सुरु हुने एक महिने प्रशिक्षणमा आशिष महता, विशाल थापा मगर र निश्चलराज वज्राचार्य सहभागी हुनेछन् । प्रशिक्षण चेओङ याङ प्रान्तको जिओङ सान मिडिल स्कुलमा हुनेछ ।

प्रशिक्षणपछि खेलाडीहरु सिओ जोङ सिटी ओपन टेबल टेनिस प्रतियोगितामा सहभागी हुनेछन् । खेलाडीसँगै प्रशिक्षकका रूपमा सुनिल महर्जन पनि दक्षिण कोरिया जाँदैछन् ।

 टोलीलाई ललितपुर जिल्ला टेबल टेनिस संघका अध्यक्ष आशिष अवालेलगायतले बिदाइ गरे ।